Trending
Prev Story
Next Story

एनपीएलको उज्ज्वल भविष्य देखेको छु : रदरफोर्ड

Ekantipur •
November 02, 2026 • 04:02 PM
3
3 reads 0 reactions

सुदूरपश्चिम रोयल्सका शेरफन रदरफोर्डले एनपीएलले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आफ्नो टिम यसपल्ट पनि उपाधिका लागि खेल्ने बताए ।

एनपीएलको उज्ज्वल भविष्य देखेको छु : रदरफोर्ड

सुदूरपश्चिम रोयल्सका शेरफन रदरफोर्डले एनपीएलले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आफ्नो टिम यसपल्ट पनि उपाधिका लागि खेल्ने बताए ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका वेस्ट इन्डिजका खेलाडी सेरफान रदरफोर्डले आफ्नो टिमले यसपल्ट पनि उपाधिकै लागि खेल्ने बताएका छन् । सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको हो ।

पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘हाम्रो टिम निकै राम्रो छ, त्यसैले हामी उपाधिकै लागि चुनौती दिने टिम हौं ।’ उनले आफ्ना कप्तान दीपेन्द्रसिंह ऐरीको पनि प्रशंसा गरे । उनले ऐरी सबैका लागि पछ्याउन लायक खेलाडी रहेको पनि बताए ।

रदरफोर्डले २१ रन पनि बनाए र नटआउट रहे । उनले थपे, ‘मैले एनपीएलको उज्ज्वल भविष्य देखेको छु । यो प्रतियोगिताले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्नेछ । एनपीएलको म अन्य फ्रेन्चाइज क्रिकेट प्रतियोगितासँग तुलना गर्न चाहन्नँ, तर यसले अहिले राम्रो गरिरहेको छ ।’

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । खेलका ‘प्लेयर अफ द म्याच’ ब्रान्डन म्याकमुलन भए र उनले २१ बलमा ४३ रन बनाए ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

उनले भने, ‘आजको जितले हामीलाई प्रतियोगिताको बाँकी खेलमा धेरै आत्मविश्वास दिनेछ । आजको खेल सजिलो थिएन, पिच पनि गाह्रै थियो ।’ उनले आफ्नो टिममाथि धेरै दबाब नरहेको पनि दाबी गरे ।

यो जितपछि सुदूरपश्चिमको चार अंक भएको छ । चितवन भने तीन खेलबाट तीनै अंकमा सीमित रह्यो । चितवनले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय २९ रन बनाएको थियो ।

यसमा रवि बोपाराले ४० रन बनाए र यसैक्रममा उनले टी–२० क्रिकेटमा आफ्ना १० हजार रन पनि पूरा गरेका छन् । खेलपछि चितवनका कप्तान सिकन्दर राजाले भने, ‘मैले आज अनुशासित बलिङ गर्न सकिनँ, यो समस्या रह्यो । हामीले केही क्याच पनि छुटायौं ।’

राजा सोमबारको खेलका लागि बिहान मात्र आइपुगेका थिए । अघिल्लो दिन मात्रै उनी यूएईमा खेलिरहेका थिए । उनले आफ्ना बलर रञ्जित कुमारको पनि प्रशंसा गरे । रञ्जितले टिमको हारका बाबजुद उत्कृष्ट बलिङ गरे । उनले २८ रनमा तीन विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →
Nagarik News
17h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
17h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
18h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612