Trending
Prev Story
Next Story

श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न

Ekantipur •
November 02, 2026 • 12:32 PM
2
2 reads 0 reactions

प्रकृति, समस्त प्राणी र मानव समुदायको भलो, रक्षा तथा दीर्घायुको कामना गर्दै मायादेवी मन्दिरमा सोमबार पूजा सम्पन्न गरिएको हो ।

श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न

प्रकृति, समस्त प्राणी र मानव समुदायको भलो, रक्षा तथा दीर्घायुको कामना गर्दै मायादेवी मन्दिरमा सोमबार पूजा सम्पन्न गरिएको हो ।

लुम्बिनी — श्रामणेरिका भिक्षुणीद्वारा ३ दिने विश्व शान्ति मोन्लम पूजा गरिएको छ । प्रकृति र सबै प्राणी जगतको भलो र दीर्घायुको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा सोमबार सम्पन्न भएको हो ।

नेपाल बौद्ध लोटस श्रामणेरिका संघद्वारा लुम्बिनीमा दैनिक नौ घण्टा महायानी परम्पराअनुसार पूजा गरिएको थियो ।

बौद्ध दर्शनमा उच्च शिक्षा प्राप्त गरेका खेम्पो उपाधि पाएका नौ जना श्रामणेरिकाले पूजाआजा गराएका थिए । सम्पूर्ण मानवको रक्षा, हित र सुस्वास्थ्यको कामना गर्दै मोन्लम पूजा गरिएको नेपाल बौद्ध लोटस श्रामणेरिका संघकी अध्यक्ष खेन्पो निमाछिरी शेर्पाले बताइन् । ‘यस पटकको पूजा आठौं हो,’ उनले भनिन्, ‘पूजा सुरु गरेयता कोभिड र जेन–जी आन्दोलनका बेला मात्र रोकिएको थियो ।’ पूजामा १०५ जना श्रामणेरिका सहभागी थिए ।

श्रामणेरिका भनेको पूर्णरूपमा दीक्षित हुनुअघिको गृहस्थ जीवन त्यागेर प्रारम्भिक रूपमा बुद्ध धर्मका १० शील अनुसरण गरी लाग्ने महिला भिक्षुणी हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड मात्र...

#पूजा #सम्पन्न
Compare →
Nagarik News
2d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सम्पन्न
Compare →
Onlinekhabar
4d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#पूजा
Compare →
Arthasansar
4d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →

Related Stories

World News
Build #2612