Trending
Prev Story
Next Story

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

Ekantipur •
November 02, 2026 • 10:01 AM
3
3 reads 0 reactions

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ

काठमाडौँ — रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएको छ । युक्रेनले आफ्नो देशमाथि भएको आक्रमणमा रुसको संलग्नता रहेको आरोप लगाएको छ ।

रुसको आपत्कालीन मन्त्रालयले आफ्नो देशमा पनि चेतावनी प्रणालीमा साइबर आक्रमण भएको जनाएको छ । तर, आफ्नो प्रणालीमाथिको आक्रमणमा कसैलाई दोष दिएको छैन ।

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ।

रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ ।

यसअघि युक्रेनको चेतावनी प्रणालीमा पनि विकिरणको खतरा रहेको गलत सूचना देखिएको थियो । युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सका अनुसार युद्धविरामले रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता अभियान सञ्चालन गर्न सहयोग गरेको थियो ।

तर, युद्धविरामका क्रममा रुसी सेनाले थप सैनिक परिचालन, गोलाबारुद भण्डारण र निगरानी ड्रोनमार्फत सूचना सङ्कलन गरेको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् ।

युद्धविराम समाप्त भएपछि खेरसन क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । यसैबीच, रुसले आफ्नो औद्योगिक प्रतिष्ठानमा युक्रेनी ड्रोन आक्रमण भएको जनाएको छ भने युक्रेनी सञ्चारमाध्यमले कोस्टोभो तेल प्रशोधन केन्द्र लक्षित भएको उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्न युक्रेनको ऊर्जा पूर्वाधारमाथिका रुसी हमला पनि रोकिनुपर्ने बताएका छन्।

रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् कटौती भएको छ । अमेरिकी मध्यस्थतामा रोकिएको रुस–युक्रेन वार्ता यसै महिना पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#आक्रमण #रुस #साइबर
Compare →
Arthasansar
3h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#रुस #युक्रेन
Compare →
Onlinekhabar
4h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

२८ कात्तिक, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा पूर्वयुक्रेनी प्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार विस्फोट हुँदा जाभोरोत्नी कार चलाइरहेका थिए। दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरिएको …

#रुस #युक्रेन
Compare →
Bizshala
20h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन
Compare →
Nagarik News
3d ago
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612