Trending
Prev Story
Next Story

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ : मुख्यमन्त्री थापामगर

Ekantipur •
October 20, 2026 • 11:18 AM
3
3 reads 0 reactions

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अमूल्य निधिहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अमूल्य निधिहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विजयादशमी (मोहनी नखः) को अवसरमा लायन्स क्लब अफ नखेल र नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भने , ‘मौलिक संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता र देशको पहिचान हो। हाम्रा अमूल्य निधिहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’ उनले कला–संस्कृतिको जगेर्नाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजकहरूलाई धन्यवाद समेत दिए।

यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक परम्परा, कला, संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पु...

#मुख्यमन्त्री #बागमती
Compare →
Onlinekhabar
46m ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मुख्यमन्त्री
Compare →
Nagarik News
3h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

#मुख्यमन्त्री
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

National (Nepal)
Build #2612