Trending
Prev Story
Next Story

पटका सहित दुई जना पक्राउ

Onlinekhabar •
November 02, 2026 • 07:01 AM
3
3 reads 0 reactions

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् । कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा …

पटका सहित दुई जना पक्राउ

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् ।

कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् ।

तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ  र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

काठमाडौं - पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा का...

#चितवन #सहित
Compare →

Related Stories

National (Nepal)
Build #2612