Trending
Prev Story
Next Story

कर्णालीमा नयाँ अनुबन्धित जिसनले गाेर्खाजविरुद्ध खेल्ने

Ekantipur •
November 02, 2026 • 06:02 AM
2
2 reads 0 reactions

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिसन अलामलाई अनुबन्ध गरेको छ ।

कर्णालीमा नयाँ अनुबन्धित जिसनले गाेर्खाजविरुद्ध खेल्ने

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिसन अलामलाई अनुबन्ध गरेको छ ।

काठमाडौँ — कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिसन अलामलाई अनुबन्ध गरेको छ ।

जिसनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् । अध्यक्ष घिमिरेले जिसनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे ।

कर्णाली याक्सले सोमबार आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दै छ । यस खेलमा जिसन उपलब्ध हुनेछन् ।

पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

जिसन पछिल्लो समय राम्रो लयमा रहेका कारण अनुबन्ध गरेकाे र उनकाे आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने घिमिरेकाे विश्वास छ । अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउँछन् ।

जिसन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए । २१ वर्षीय ब्याटिङ अलराउण्डर जिसनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् ।

बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् ।

जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
17h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612