Trending
Prev Story
Next Story

विश्व शान्तिका लागि लुम्बिनीमा सात दिने पूजा

Ekantipur •
November 02, 2026 • 05:31 AM
2
2 reads 0 reactions

मानवजातिको रक्षा, हित र सुस्वास्थ्यको कामनासहित आयोजित पूजामा १२ मुलुकका १५० विदेशीसमेत ५५० जना सहभागी छन्।

विश्व शान्तिका लागि लुम्बिनीमा सात दिने पूजा

मानवजातिको रक्षा, हित र सुस्वास्थ्यको कामनासहित आयोजित पूजामा १२ मुलुकका १५० विदेशीसमेत ५५० जना सहभागी छन्।

लुम्बिनी — विश्वशान्तिको कामना गर्दै लुम्बिनीमा ७ दिने पूजा सुरु भएको छ । पश्चिम विहार क्षेत्रमा रहेको पाल थुब्तेन सेडुप लिङ विहार (हजार स्वर्ण बुद्ध टेम्बल) मा पूजा थालिएको हो । आईतबारबाट बाट सुरु भएको पूजा कार्तिक २१ गते सकिनेछ ।

सम्पूर्ण मानव प्राणीको रक्षा, हित र सुस्वास्थ्यको कामना गर्दै महायानी परम्परा अनुसार पूजा थालिएको हो। पूजामा विभिन्न १२ मुलुकका एक सय ५० विदेशी सहित ५ सय ५० जना सहभागी छन् ।

पूजामा महायानीको कानिङ सम्प्रदायका मुलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहश्र बुद्धको अभिषेक तथा प्रवचन दिइरहेका छन् । यो कार्यक्रम तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर आयोजना गरिएको हो ।

बौद्ध मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोअनुसार नवौं महिनाको २२ औं दिनमा मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । यसै अवसरमा लुम्बिनीस्थित पाल थुब्तेन सेडुब लिङ विहार उद्घाटनको दोस्रो वार्षिकोत्सव पनि मनाइँदैछ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#लुम्बिनी
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

World News
Build #2612