Trending
Prev Story
Next Story

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड ३ घण्टा बन्द हुने

Nagarik News •
November 02, 2026 • 02:48 AM
2
2 reads 0 reactions

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड ३ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।

सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २:०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो। उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ। सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:३३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#सडकखण्ड #मलेखु #मुग्लिङ
Compare →
Hamro Patro News
1h ago
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

काठमाडौं - पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा का...

#सडकखण्ड #पृथ्वी #राजमार्ग
Compare →
Onlinekhabar
4d ago
घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द

घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द

२४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अहिले सो सडकखण्ड पूर्ण …

#सडकखण्ड #मलेखु #मुग्लिङ
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पृथ्वी #राजमार्ग
Compare →
Ekantipur
4d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →

Related Stories

Technology
Build #2612