Trending
Prev Story
Next Story

काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

Onlinekhabar •
November 02, 2026 • 03:01 AM
2
2 reads 0 reactions 4 comments

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका छन् । उनी आइतबार साँझ काठमाडौं अवतरण भएका हुन् । काठमाडण्डु …

काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका छन् । उनी आइतबार साँझ काठमाडौं अवतरण भएका हुन् । काठमाडण्डु गोर्खाजले आजै मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग खेल्दैछ । उक्त खेलमा वार्नर उपलब्ध हुने सम्भावना छ ।

एनपीएलमा अनुबन्ध हुने ठूला विदेशी खेलाडी मध्ये वार्नर एक हुन् । ३९ वर्षीय वार्नरले आफू एनपीएल खेल्न उत्साहित भएको बताएका छन् ।

अस्ट्रेलियाका सबैभन्दा सफल ब्याटरमध्ये एक वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाएका छन् । वार्नरले टेस्टमा ८७८६, ओडीआईमा ६९३२ र टी-२०आईमा ३२७७ रन बनाएका छन् ।

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् । वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

वार्नरको आगमनले पहिलो खेल हारेको काठमाण्डु गोर्खाजलाई राहत मिलेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएलमा आज बिराटनगर र लुम्बिनी भिड्दै

एनपीएलमा आज बिराटनगर र लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
2h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल
Compare →

Related Stories

National (Nepal)
Build #2612