मध्यपुर थिमिको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको यस जात्रामा मल्लकालीन युद्धकलाको झल्को दिने परम्परागत पोसाक लगाएर खड्ग, तरबार, ढाल तथा युद्धकवचसहित नगर परिक्रमा गरिएको थियो ।
भक्तपुर — मध्यपुर थिमिमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न
मध्यपुर थिमिमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न भएको छ। बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीका अवसरमा मनाइने जात्रामा गुठियार तथा स्थानीयहरूको सहभागिता रहेको थियो।
मध्यपुर थिमिको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको यस जात्रामा मल्लकालीन युद्धकलाको झल्को दिने परम्परागत पोसाक लगाएर खड्ग, तरबार, ढाल तथा युद्धकवचसहित नगर परिक्रमा गरेका थिए।
तत्कालीन थिमि राज्यको राजदरबार रहेको लायकुस्थित तलेजु भवानीको द्यो छेंबाट सुरु भएको जात्रा थहनेया र कोहनेयाका विभिन्न टोल हुँदै अगाडि बढेको थियो। जात्राका क्रममा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका सामग्रीसमेत प्रदर्शन गरिएको थियो।
जात्राको अन्त्यमा बालकुमारी देवीको परिसरमा भुइँफर्सी अर्थात् कुभिण्डोमा मार हान्ने परम्परा रहेको छ। स्थानीय जनविश्वासअनुसार कुभिण्डोलाई प्रसादका रूपमा घर लैजाँदा रोगव्याधिबाट बच्न सकिन्छ।
सहभागी कर्ता स्पष्ट पार्नुहोस्नगर परिक्रमा गर्ने कर्ता मिलाउनुहोस्शीर्षक छोटो र प्रभावकारी बनाउनुहोस्
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।