Trending
Prev Story
Next Story

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

Nagarik News •
October 20, 2026 • 12:40 PM
3
3 reads 0 reactions

काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

यही कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुने छ ।

फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तरराष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौंस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएनसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही सङ्घ (माउन्टेरिङ एसोसिएसन)सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आइएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दूरको खुला प्रदर्शन हुनेछ । नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ ।

फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’ बाट छानिएका लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरु सञ्चालन हुनेछन् । कात्तिक ८ गते आइतबार वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ ।

काठमाडौं महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवद्र्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको जनाएको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेसाकर्मी, सङ्घसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ ।

प्रकाशित: ३ कार्तिक २०८३ १८:२५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#कात्तिक #गते
Compare →
Bizshala
20h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#कात्तिक #गते
Compare →
Ekantipur
20h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612