Trending
Prev Story
Next Story

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

Onlinekhabar •
November 02, 2026 • 01:30 AM
2
2 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन …

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।

चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
13h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →
Nagarik News
13h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2612