Trending
Prev Story
Next Story

रोल्पामा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

Ekantipur •
October 19, 2026 • 10:57 AM
2
2 reads 0 reactions

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा भएको दुर्घटनमा अर्की महिला गम्भीर घाइते भएकी छन्।

रोल्पामा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा भएको दुर्घटनमा अर्की महिला गम्भीर घाइते भएकी छन्।

रोल्पा — रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको नम्बर नखुलेको अटो अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। दुर्घटनामा माडी गाउँपालिका–१ जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर र सोही वडाको घोर्नेटीकी ३२ वर्षीया खुमा कुमारी भण्डारी घाइते भएकामा खुमाको मृत्यु भएको हो।

उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको अवस्था गम्भीर रहेको र बोल्नसमेत नसक्ने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

उपचारका लागि घर्तीगाउँस्थित स्मृति अस्पतालका क्रममा चिकित्सकले बिहान ११ः३५ बजे खुमा कुमारी भण्डारीलाई मृत घोषणा गरेका थिए। घाइते गौसरा घर्तीमगरको उपचार भइरहेको छ।

प्रहरीका अनुसार अटोमा चालकसहित तीन जना सवार थिए। अटो चालक माडी गाउँपालिका–३ तालाबाङका करिब ४७ वर्षीय कमलसिंह बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले मादक पदार्थ सेवन नगरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
31m ago
हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ। आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्।...

#गम्भीर #घाइते
Compare →
Onlinekhabar
15h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#गाउँपालिका #दुर्घटना
Compare →
Arthasansar
22h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #दुर्घटना
Compare →
Nagarik News
23h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612