Trending
Prev Story
Next Story

अरूलाई कठघरामा उभ्याउनुपर्ने न्यायालय आफैं कठघरामा उभिनु हुँदैन : बलराम केसी

Ekantipur •
November 01, 2026 • 10:32 AM
3
3 reads 0 reactions

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायाधीशलाई महाभियोगको त्रास पैदा गरिनु नहुने र न्यायाधीश आफैंले पनि त्यस्तो फोबिया बनाउनु नहुने बताउँछन् ।

अरूलाई कठघरामा उभ्याउनुपर्ने न्यायालय आफैं कठघरामा उभिनु हुँदैन : बलराम केसी

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायाधीशलाई महाभियोगको त्रास पैदा गरिनु नहुने र न्यायाधीश आफैंले पनि त्यस्तो फोबिया बनाउनु नहुने बताउँछन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले न्यायाधीश कसैसँग डराउन नहुने बताएका छन् । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्वन्यायाधीश केसीले न्याय दिने र संविधानकै व्याख्या गर्ने अधिकार संविधानले नै न्यायपालिकालाई दिएको भन्दै न्यायाधीश भएपछि सत्ता शक्तिसँग डराउनुपर्ने कुनै कारण नभएको दाबी गरे । न्याय सम्पादन गर्दा संविधान र भगवानसँग डराए हुने उनको भनाइ छ ।

संविधानमा रहेर काम गरे न्यायाधीश कसैसँग पनि झुक्न नपर्ने भन्दै पूर्वन्यायाधीश केसीले अदालतभित्र र बाहिरका बिचौलियाबाट जोगिन न्यायाधीश आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिए । अदालतमा थरीथरीका बिचौलिया रहेको स्वीकार गर्दै केसीले बिचौलियाबाट न्यायालयलाई बचाउन कानुन बनाएरै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरे । पदमा बसेको व्यक्तिले म पदमा किन छु र कोप्रति जवाफदेही हुने शपथ खाएको छु भन्ने याद राखे धेरै समस्या समाधान हुने उनको भनाइ छ । कान्तिपुर टेलिभिजनका लागि डीपी उपाध्यायले गरेको कुराकानीको सम्पादित अंश :

न्यायालय नै 'कठघरा' भन्दा तपाईंको आपत्ति हुन्छ ?

केसी : शीर्षकमा मेरो आपत्ति छैन, तर त्यो स्थायी हुनु हुँदैन । १०–१५ दिनमै यो विवाद सुल्झियोस् र कठघरामा रहेको न्यायालय मेटिएर क्रियाशील न्यायालय देखियोस् भन्ने मेरो चाहना हो । सर्वोच्च अदालत हाम्रो आस्थाको केन्द्र, न्यायको मन्दिर हो । अरूलाई कठघरामा उभ्याउनुपर्ने न्यायालय आफैँ कठघरामा उभिनु हुँदैन ।

न्यायाधीश र बिचौलियाबीचको सम्बन्ध कत्तिको चिन्ताको विषय हो ?

केसी : यो गम्भीर चिन्ताको विषय हो । विद्वान न्यायमूर्ति यस्तो विवादमा आउनै नपर्ने थियो । न्यायाधीशले कसैसँग डराउनु हुँदैन । राजा वीरेन्द्रले न्यायाधीशसँग एक्लै भेट्न चाहँदा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले सामूहिक रूपमा मात्र भेट्न मिल्छ भनेका थिए । न्यायाधीशलाई महाभियोगको त्रास पैदा गरिनु हुँदैन र न्यायाधीश आफैंले पनि त्यस्तो फोबिया बनाउनु हुँदैन । अँध्यारोमा बच्चा मात्र डराउँछ, बुझेको मान्छे डराउँदैन । सरकारले पनि हरेक कुरामा स्पष्टीकरण दिइरहनुपर्दैन तर प्रतिष्ठित सञ्चारमाध्यममा आएको कुराको जवाफ दिनुपर्छ ।

न्यायालयको विश्वसनीयता कसरी पुनर्स्थापित हुन्छ ?

केसी : पहिले न्यायालय भित्रैबाट छानबिन गर्नुपर्छ । यसका लागि ६५ वर्ष नपुगेको र पद नचाहने, मिडियामा चिनिएको सेवानिवृत्त वरिष्ठ व्यक्तिलाई छानबिन आयोगमा राख्न सकिन्छ । नत्र 'आफै धामी, आफै झाँक्री' जस्तो हुन्छ । म विवाद संसद नपुगोस् भन्ने चाहन्छु । संसदमा पुग्दा महाभियोगको अन्तिम उपाय अपनाउनुपर्छ, जहाँ दुईतिहाइ चाहिन्छ । राजनीतिक दलहरूको अहिलेको व्यवहारले गर्दा त्यो अवस्थामा पुग्न दिनु हुँदैन । सर्वोच्च अदालतले आफैँ सामूहिक रूपमा पूर्ण इजलास बनाएर गल्ती स्वीकार गर्दै जनतामा विश्वास जगाउने संकल्प प्रस्ताव ल्याओस् ।

न्यायाधीशलाई बिचौलिया र दबाबबाट कसरी जोगाउने ?

केसी : न्यायाधीशले ३ ग्यारेन्टी पाएका छन् : ६५ वर्षसम्म पद सुरक्षा, अटोमेटिक तलब वृद्धि र महाभियोग गर्न दुईतिहाइ बहुमत चाहिने व्यवस्था । यसपछि डराउनुपर्ने कारण छैन । मेरो कर्तव्य संविधान र प्रमाण हेर्नु हो, ठूलो मान्छे वा गरिब होइन । घुस खानु भनेको आमालाई बलात्कार गर्नु जस्तै हो । बिचौलियाले जिस्क्याउँदा वास्ता नगर्ने र निम्तोमा नाम काटिदिने जस्ता तरिकाले टाढा राख्नुपर्छ । साथै, सुरक्षा यो ३ ग्यारेन्टी उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई पनि दिनुपर्थ्यो, जुन हामीले गरेनौँ ।

न्याय पाइन्छ कि किन्नुपर्छ भन्ने जनताको शंकालाई तपाईं के भन्नुहुन्छ ?

केसी : न्याय किन्नु पर्दैन भन्ने ग्यारेन्टी म लिन सक्दिनँ, किनभने समाज बिग्रिएको छ । न्याय त आँखामा पट्टी बाँधेकी देवी हो, जसले तराजुमा तौल हेर्छ । तर त्यो बिर्सिएपछि कि अयोग्यता, कि किनबेच, कि भनसुन हुन्छ । न्यायपालिकाको भ्रष्टाचार नियन्त्रण गर्ने छुट्टै कानुन चाहिन्छ, अख्तियारजस्तो होइन । मुद्दाको ढिलाइ, पेसी पाउन वर्षौं लाग्ने र बिदाको चलनजस्ता कुरामा सुधार गर्नुपर्छ ।

डीपी उपाध्याय कान्तिपुर टेलिभिजनका डेपुटी न्युज चिफ हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ । स...

#सर्वोच्च-अदालत #न्यायाधीश #केसी
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Onlinekhabar
23h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
1d ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
1d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

National (Nepal)
Build #2612