Trending
Prev Story
Next Story

बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

Ekantipur •
November 01, 2026 • 10:01 AM
2
2 reads 0 reactions

फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा घाइते पासवानलाई सेनाको हेलिकप्टरबाट आइतबार काठमाडाैं लगिएको हो।

बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा घाइते पासवानलाई सेनाको हेलिकप्टरबाट आइतबार काठमाडाैं लगिएको हो।

बारा — बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीको गोली लागेर घाइते भएका स्थानीय युवक आदित्य पासवानलाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको हो।

अस्पताल उद्घाटनको विषयमा विवाद हुँदा शनिबार भएको झडपमा केही स्थानीय र पाँच प्रहरी घाइते भएका थिए। अस्पतालमा आवश्यक स्रोतसाधन र जनशक्ति नभएको अवस्थामा उद्घाटन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। त्यसक्रममा शिलालेख र टेन्ट तोडफोड गर्नुका साथै मोटरसाइकल जलाउन थालेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले हवाई फायर गरेको बताए पनि पासवानको शरीरको पछाडिको भाग (हिप) मा गोली लागेको छ। गम्भीर घाइते उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार गरिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको शल्यक्रिया गरेका थिए।

जिल्ला प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसपी पवन भट्टराईका अनुसार पहिलो चरणको शल्यक्रियापछि थप उपचार आवश्यक परेकाले चिकित्सकको सल्लाहमा पासवानलाई काठमाडौं पठाइएको हो। ‘घाइते पासवानको पहिलो चरणको शल्यक्रिया भइसकेको थियो,’ उनले भने, ‘थप उपचारको आवश्यकता परेकाले चिकित्सकको सल्लाहमै काठमाडौं पठाएका छौं।’

नयाँ अस्पताल भवन उद्घाटनका लागि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटालाई आमन्त्रण गरेका थिए। दिउँसो २ बजेका लागि उद्घाटन कार्यक्रम तय गरिएको थियो। तर अस्पतालमा उपचार सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्ति नभएको अवस्थामा हतारमा उद्घाटन गर्न लागेको र शिलालेखमा आफ्नो नाम राख्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। त्यसपछि दुवै पक्षबीच झडप हुँदा गाउँपालिकामा तनाव भएको थियो।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #उपचार
Compare →
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन रास्वपाको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक दुर्घटना एउटा परिवारको निजी पीडामा मात्र सीमित नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको जनाएको छ । मकवानपुर...

#घाइते #उपचार
Compare →
Onlinekhabar
22h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2612