Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंकको नाफा ३१.८७ प्रतिशतले बढ्यो

Bizshala •
November 01, 2026 • 04:33 AM
2
2 reads 0 reactions

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

माछापुच्छ्रे बैंकको नाफा ३१.८७ प्रतिशतले बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८७ प्रतिशतले बढी हो। गत वर्ष बैंकको नाफा ४१ करोड ७९ लाख रुपैयाँ थियो।

बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.६० प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन मुनाफा ५९ करोड ८४ लाखबाट बढेर ८६ करोड २ लाख रुपैयाँ कायम भएको छ।

बैंकको वितरणयोग्य मुनाफा पनि सुधार भई ११ करोड २१ लाख रुपैयाँ धनात्मक बनेको छ। गत वर्षको सोही अवधिमा यो ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो।

यस अवधिमा बैंकको निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.३३ प्रतिशतले वृद्धि भई १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खराब कर्जा अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा झरेको छ। असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा कायम भएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
18h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612