Trending
Prev Story
Next Story

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

Nagarik News •
November 01, 2026 • 04:12 AM
2
2 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।

पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि विभिन्न सदस्यको संयोजकत्वमा उपसमिति गठन गरेको पार्टीले जनाएको छ।

गठित उपसमितिहरूमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा क्यान्डिडेट क्लब, सुशान्त वैदिकको संयोजकत्वमा प्रविधि उपसमिति र जनकसिंह धामीको संयोजकत्वमा गुनासो समन्वय उपसमिति रहेका छन्।

त्यस्तै, डा. तोशिमा कार्कीको संयोजकत्वमा समावेशिता तथा महिला सहभागिता, टासी ल्हाजोमको संयोजकत्वमा क्षमता विकास समन्वय, रहबर अन्सारीको संयोजकत्वमा व्यवस्थापन र मिलन लिम्बूको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

महानगर र उपमहानगरका वडामा उम्मेदवारी आवेदन खुला गरिने

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

इच्छुक तथा योग्य व्यक्तिहरूले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्ने रास्वपाले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ ०९:५७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
41m ago
चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन: पीएम कप महिला टी–२० छनोटको उद्घाटन खेलमा कास्कीद्वारा नवलपुर पराजित

चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन: पीएम कप महिला टी–२० छनोटको उद्घाटन खेलमा कास्कीद्वारा नवलपुर पराजित

पोखरा। पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुर जिल्ला महिला टोलीमाथि १९ ...

#छनोट
Compare →
Onlinekhabar
2h ago
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या …

#छनोट
Compare →
Ekantipur
4h ago
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#छनोट
Compare →

Related Stories

Politics & Governance
Build #2612