Trending
Prev Story
Next Story

सिरियाको अग्लो सुरक्षा पोस्टमा १३ नेपाली महिला शान्ति सैनिक

Ekantipur •
November 01, 2026 • 03:02 AM
3
3 reads 0 reactions

टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्।

सिरियाको अग्लो सुरक्षा पोस्टमा १३ नेपाली महिला शान्ति सैनिक

टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्।

काठमाडौँ — सिरियाको माउन्ट हर्मोनस्थित समुद्री सतहबाट दुई हजार ८ सय १४ मिटर उचाइमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा पोस्टमा पहिलो पटक १३ नेपाली महिला शान्ति सैनिकको पूर्ण टोली परिचालित भएका छन् ।

टोलीकी कमान्डर सहसेनानी सङ्गीता श्रेष्ठले महिला शान्ति सैनिकले के गर्न सक्छन् भन्ने कुरा विश्वलाई देखाउने अवसर पाएको बताइन्। ‘हर्मोन होटल’ नामको उक्त पोस्टमा उनीहरुले २०२६ अक्टोबरको पहिलो साता जिम्मेवारी सम्हालेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय युद्धविराम पर्यवेक्षण बल अन्तर्गत खटिएको टोलीले सुरक्षा निगरानी, युद्धविरामको अवस्थाबारे सूचना सङ्कलन, घटनाको पहिचान तथा प्रमाणीकरण र प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।

गस्तीमा जाने सैनिकलाई सहयोग गर्नु पनि टोलीको जिम्मेवारीमा पर्छ। कठोर मौसम र चुनौतीपूर्ण भूगोलका कारण उक्त पोस्टमा नियमित निगरानी र सूचना सङ्कलन सहज छैन। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कठिन परिस्थितिका बाबजुद नेपाली महिला शान्ति सैनिकले जिम्मेवारी निर्वाह गरिरहेका छन्।

उनीहरूको कार्यसम्पादनको संयुक्त राष्ट्रसङ्घलगायत सम्बन्धित निकायले प्रशंसा गरेको निर्देशनालयले जनाएको छ। सैनिक मुख्यालयका अनुसार विभिन्न संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा हाल २ सय ९७ जना नेपाली महिला शान्ति सैनिक कार्यरत छन्। कन्टिन्जेन्टमा खटिएका नेपाली शान्ति सैनिकमध्ये महिलाको हिस्सा ७.४५ प्रतिशत छ।

नेपाली सेनाले यो अनुपात १० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ। त्यस्तै, सैन्य पर्यवेक्षक, स्टाफ अफिसर तथा मिलिटरी लियाजन अफिसरका रूपमा आठ जना नेपाली महिला कार्यरत छन्। महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १३२५ ले द्वन्द्व रोकथाम, शान्ति स्थापना र शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागितालाई जोड दिएको छ।

हर्मोन होटलमा १३ नेपाली महिला शान्ति सैनिकको परिचालनले अन्तर्राष्ट्रिय शान्ति मिसनमा महिलाको सहभागिता र जिम्मेवारी विस्तार भएको देखाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ

रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ

लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट गिरफ्तार गरिएको हो। लन्डनक...

#सैनिक
Compare →
Nagarik News
4d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#शान्ति
Compare →
Onlinekhabar
5d ago
नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो 'गाजा शान्ति योजना' कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि …

#शान्ति
Compare →
Bizshala
23h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#शान्ति
Compare →

Related Stories

National (Nepal)
Build #2612