दसैंमा सार्वजनिक यातायात कम चल्ने र आफन्तकहाँ पुग्न कठिन हुने अवस्थालाई सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा टीकाको साँझसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
काठमाडौँ — दसैंका बेला काठमाडौं उपत्यकामा बसोबास गर्ने सर्वसाधारण यात्रुलाई सहज गन्तव्यसम्म आवतजावत गराउन भन्दै सशस्त्र प्रहरी बलले सोमबारदेखि टीकाको साँझसम्मका लागि निःशुल्क सेवा उपलब्ध गराएको छ । दसैंमा उपत्यकामा सार्वजनिक यातायात कम चल्ने र भनेको समयमा आफन्तकहाँ पुग्न अप्ठ्यारो पर्ने अवस्थालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले बस सेवा उपलब्ध गराएको हो । सशस्त्र प्रहरीले उपलब्ध गराएको निःशुल्क बस सेवाप्रति यात्रुहरू के भन्छन् त? कान्तिपुर टेलिभिजनको रिपोर्ट ।
दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।