Trending
Prev Story
Next Story

भिजेको मैदानमा खेल्न सुदूरपश्चिमको असहमति, विराटनगर तयार; एनपीएल खेल अन्योलमा

Arthasansar •
October 31, 2026 • 03:04 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएपछि सुरु हुन सकेको छैन। खेल...

भिजेको मैदानमा खेल्न सुदूरपश्चिमको असहमति, विराटनगर तयार; एनपीएल खेल अन्योलमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएपछि सुरु हुन सकेको छैन। खेल सञ्चालनका लागि अम्पायरले ५–५ ओभरमा खेलाउने निर्णय गरे पनि मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले असहमति जनाएपछि खेल थप अन्योलमा परेको छ।

वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि अम्पायरले छोट्याइएको खेल गराउने तयारी गरेका थिए। सोहीअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय तय गरिएको थियो। तर, भिजेको आउटफिल्डमा खेल्न सुरक्षित नहुने भन्दै सुदूरपश्चिमले उक्त निर्णयमा सहमति जनाएको छैन।

विवाद बढेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो। तर, छलफलबाट पनि खेल सञ्चालन गर्ने विषयमा सहमति जुट्न सकेन।

त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसहित टोलीका अन्य खेलाडी मैदानबाट बाहिरिएका छन्। अहिले सुदूरपश्चिमका विनोद भण्डारी मात्रै मैदानमा देखिएका छन्।

अर्कोतर्फ विराटनगर किंग्सका खेलाडी भने खेल्न तयार हुँदै मैदानमै रहेका छन्। एउटै मैदानमा दुई टोलीको फरक अडान देखिएपछि खेलको आगामी अवस्थाबारे अन्योल बढेको छ।

एक टोली खेल्न तयार र अर्को टोली भिजेको मैदानमा खेल्न असहमत भएपछि अब अम्पायर र म्याच रेफ्रीले के निर्णय लिन्छन् भन्ने चासो बढेको छ। खेल पुनः सञ्चालन हुने, थप समय पर्खिने वा अन्य निर्णय लिइने भन्ने विषयमा अहिले स्पष्टता छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
22h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
7h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
7h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Sports
Build #2612