Trending
Prev Story
Next Story

बेथानचोकमा लेदो पसेर घर र गोठमा क्षति, विस्थापित ७ परिवारलाई होल्डिङ सेन्टरमा राखियो

Ekantipur •
October 31, 2026 • 02:31 PM
2
2 reads 0 reactions

अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले घर, गोठ र निर्माणाधीन संरचना भत्काएको छ । विस्थापित ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा राखेको छ ।

बेथानचोकमा लेदो पसेर घर र गोठमा क्षति, विस्थापित ७ परिवारलाई होल्डिङ सेन्टरमा राखियो

अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले घर, गोठ र निर्माणाधीन संरचना भत्काएको छ । विस्थापित ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा राखेको छ ।

काभ्रे — अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले काभ्रेको बेथानचोक गाउँपालिका–४ खहरेखोलामा घर तथा गोठमा क्षति पुर्‍याएको छ। लेदो बस्तीमा पस्दा स्थानीयका घर पुरिनुका साथै निर्माणाधीन घर, टहरा र गोठसमेत भत्किएका छन्।

शनिबार बिहान करिब ८ बजेर ४० मिनेट जाँदा आएको लेदोले स्थानीय शेरबहादुर तामाङको ढुंगा–माटोले बनेको जस्तापाताको छाना भएको एकतले घर गेग्रानले पुरिएको छ। घरको छानासम्मै गेग्रान थुप्रिएको प्रहरीले जनाएको छ। उनकै अर्को तीनतले घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ।

त्यस्तै, स्थानीय हर्कबहादुर तामाङको गोठ भत्किएको छ। उनको तीनतले घरको तल्लो तलामा भल पस्दा घरभित्र राखिएका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यही स्थानका जगत तामाङको जस्तापाताको कटेरो र निर्माणाधीन दुईकोठे घर भत्किएको छ। हर्कबहादुर तामाङको दुईतले कच्ची घर र जस्ताको कटेरो बगाएको छ। पोतेबहादुर तामाङका तीनतले र एकतले गरी दुईवटा घर पूर्ण रूपमा क्षति भएका छन्।

त्यस्तै, पुष्पा तामाङको जस्ताको टहरो र निर्माणाधीन दुईकोठे घरमा क्षति पुगेको छ। सुमन तामाङको जस्ताको टहरो भत्किएको छ। सेते तामाङको निर्माणाधीन दुईकोठे घरमा समेत क्षति पुगेको छ। हर्कबहादुर तामाङको जस्तापाता र काठले बनेको गोठसमेत पूर्ण रूपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

ग्राभेल र माटोसहितको लेदो बस्तीमा पसेर विस्थापित भएका ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा होल्डिङ सेन्टर तयार गरेर आवश्यक पूर्वाधारको व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। उनका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले राहत पनि वितरण गरेको छ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

कुनै समय सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका रामकाजी श्रेष्ठको घरमा दुई हल गोरु थिए । ठुलो खेतीपाती भएकाले एक हल बेँसीमा र अर्को हल गाउँको गोठमा बाँधिन्थे । खेतबारी जोत्न गोरुकै भर पर्नुपर्ने त...

#गोठ
Compare →
Nagarik News
1d ago
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।

#गोठ
Compare →
Onlinekhabar
1w ago
थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका …

#होल्डिङ #सेन्टर
Compare →

Related Stories

Science & Climate
Build #2612