सदरमुकाम सिमकोटमा सञ्चालनमा रहेको महिला छात्रवासमा काम गर्ने एक कामदारको पारिश्रमिक ४४ वर्षदेखि एउटै रहेको छ । सरकारी छात्रवास भएको भएपनि सरोकारवाला पक्षको ध्यान जान नसक्दा त्यसमा भान्सेको काम गर्ने कामदारको पारिश्रमिक हालसम्म बृद्धि हुन नसकेको हो ।
उक्त छात्रवासमा हाल काम गर्दै आउनुभएकी सफलता बोहराले मासिक छ हजार रुपियाँ पारिश्रमिक पाउने गरेको बताउनुभयो । बेरोजगारी समस्याले गर्दा न्यून पारिश्रमिक भएपनि सो काम गर्नुपरेको उहाँ बताउनुहुन्छ ।
Read full story at source ( gorkhapatraonline.com )