Trending
Prev Story
Next Story

नागरिकको भरोसाको पार्टी बनाउँछु : सभापति थापा

Ekantipur •
October 17, 2026 • 04:01 PM
2
2 reads 0 reactions

पार्टीको १५औं महाधिवेशनले परिवर्तनको आह्वानलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्दै सभापति थापाले लोकतन्त्र, आत्मसम्मान र सामाजिक न्यायलाई पार्टीको मूल मान्यता बनाएर अघि बढ्ने बताएका हुन्।

नागरिकको भरोसाको पार्टी बनाउँछु : सभापति थापा

पार्टीको १५औं महाधिवेशनले परिवर्तनको आह्वानलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्दै सभापति थापाले लोकतन्त्र, आत्मसम्मान र सामाजिक न्यायलाई पार्टीको मूल मान्यता बनाएर अघि बढ्ने बताएका हुन्।

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई सबैभन्दा बढी नागरिकले विश्वास गर्ने राजनीतिक शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्। पार्टीको १५औं महाधिवेशनले परिवर्तनको आह्वानलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्दै उनले लोकतन्त्र, आत्मसम्मान र सामाजिक न्यायलाई पार्टीको मूल मान्यता बनाएर अघि बढ्ने बताएका हुन्।

सभापतिको शपथ ग्रहणपछि शनिबार पार्टी केन्द्रीय कार्यालयमा बोल्दै थापाले आफ्नो नेतृत्वको मूल्यांकन भाषण र प्रतिबद्धताबाट नभई निर्णय, आचरण र सार्वजनिक जवाफदेहिताबाट हुने बताए ।

‘मैले जे भनेको छु, त्यसको मूल्यांकन अब कामबाट हुन्छ। मैले निर्णय कसरी गर्छु, सार्वजनिक जवाफदेहिता कसरी बहन गर्छु, न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले त्यसको परीक्षण हुनेछ,’ उनले भने, ‘मुख्य प्रश्न गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु, अप्ठ्यारो परेको बेलामा कहाँ उभिन्छु र सत्य तथा न्यायको पक्षमा उभिन्छु कि उभिन्नँ भन्ने हो।’

थापाले सभापतिको पदलाई अहंकारको प्रतीक नभई नागरिकले सुम्पिएको जिम्मेवारीका रूपमा लिने बताए ।

कांग्रेसको ऐतिहासिक विरासत जोगाउनुका साथै आजको नेपाली समाजसँग पार्टीलाई सान्दर्भिक बनाउनु आफ्नो नेतृत्वको मुख्य चुनौती भएको उनको भनाइ थियो। विगतमा बीपी कोइरालाले तत्कालीन समाजका प्रश्नलाई सम्बोधन गरेर कांग्रेसलाई महान् बनाएको उल्लेख गर्दै थापाले अहिलेको समाजका आकांक्षा र प्रश्नलाई सम्बोधन गर्न सक्ने पार्टी निर्माण गर्ने प्रतिबद्धता जनाए। ‘आजको समाजमा १८ वर्षका युवादेखि सर्वसाधारणसम्मका प्रश्न छन्। कांग्रेसलाई मत हाल्दै आएका तर यसपटक टाढिएका प्रत्येक मतदाताका प्रश्न छन्। प्रत्येक नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्ने कांग्रेस बनाउन यो चार वर्षका लागि शपथ लिन उभिएको हुँ,’ उनले भने।

पार्टीलाई बदल्ने क्रममा जादु वा चमत्कार गर्ने आश्वासन नदिने भन्दै थापाले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो नेतृत्वको कार्यकालका लागि केही आधारभूत मान्यता र प्राथमिकता सार्वजनिक गरे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#थापा
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#थापा
Compare →

Related Stories

National (Nepal)
Build #2612