Trending
Prev Story
Next Story

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा …

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ,’ लामिछानेले भने ।

साथै, संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने कार्य गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने उनले बताए ।

‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रुपमा भनेका छौं,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग डराउने बताएका छन् । बालेन नेतृत्वको सरकारलाई पाँच वर्ष टिकाउँने रविको आश्वासनप्रति...

#रवि-लामिछाने #बताए
Compare →
Nagarik News
39m ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#रवि-लामिछाने #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612