Trending
Prev Story
Next Story

रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग

Ekantipur •
October 31, 2026 • 12:01 PM
3
3 reads 0 reactions

रास्वपा सचिवालयको शनिबारको बैठकको अधिकांश समय पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरी प्रवेशको विषयमा छलफल भयो । संविधान, यो व्यवस्था मान्ने सरकारले पत्रकार पक्राउ गरेर ठीक गरेन भन्नेमा सबै सदस्य एकमत थिए ।

रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग

रास्वपा सचिवालयको शनिबारको बैठकको अधिकांश समय पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरी प्रवेशको विषयमा छलफल भयो । संविधान, यो व्यवस्था मान्ने सरकारले पत्रकार पक्राउ गरेर ठीक गरेन भन्नेमा सबै सदस्य एकमत थिए ।

काठमाडौँ — पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको र पत्रकार पक्राउ गर्नका लागि समाचार कक्षमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको छानबिन गर्नुपर्ने माग सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा उठेको छ ।

सचिवालयको शनिबारको बैठकमा पत्रकार पक्राउ गरिएको र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको हो । रास्वपाका एक पदाधिकारीले भने, 'सरकारका पछिल्ला घटनाक्रमको विषयमा सचिवालय बैठकमा धेरै चर्चा भएको छ । मुख्यगरी शुक्रबार पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको विषयमा प्रधानमन्त्री कार्यालयले हामीलाई थाहा छैन भनेको र गृहमन्त्रीले पनि जानकारी नदिएको भनी दिएका अभिव्यक्तिलाई लिएर गम्भीर छलफल भयो ।'

रास्वपा सचिवालय सदस्यले सञ्चार क्षेत्रमा प्रहरी परिचालन गरिएको विषयमा बैठकमा आपत्ति जनाएका थिए । 'सचिवालय बैठकको अधिकांश समय यो विषयमा नै खर्च भयो । सबैले आफ्ना मत राख्नुभएको छ । संविधान, यो व्यवस्था मान्ने हाम्रो सरकारले ठीक गरेर भन्नेमा सबै एकमत हुनुहुन्छ । सरकारमा रहेका सचिवालयका सदस्यले पनि ठीक भएन भन्नुभयो,' ती सदस्यले भने ।

रास्वपा सचिवालयका अर्का सदस्यले पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको छानबिन गर्नुपर्ने माग उठेको बताए । 'हिजोको घटनाबारे छलफल भयो । हिजो भएको घटनाको छानबिन गर्ने माग उठेको छ । संविधान र लोकतन्त्रप्रति पार्टी र सरकार प्रतिबद्ध छ, गल्ती गर्ने मान्छेले जवाफ दिनुपर्छ । त्यसका लागि सरकारले छानबिन गर्नुपर्छ भन्ने कुरा सबै सदस्यबाट आयो । त्यो काम गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने सबैको धारणा थियो,' ती सदस्यले भने । कसले छानबिन गर्ने र कसरी कारबाही गर्ने भन्नेबारे थप कुराकानी गर्ने ती सदस्यले जानकारी दिए ।

सचिवालयको बैठकमा गृहमन्त्री सुधन गुरुङलाई बोलाएर पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी खटाउने कामको विषयमा ब्रिफिङ लिनुपर्ने माग पनि उठेको बताइएको छ । 'स्वतन्त्र मिडियामा कुनै पनि प्रकारबाट दखल दिनुहुँदैन भन्नेबारे सचिवालय एकमत रह्यो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा सहमहामन्त्री असिम शाह पनि यसमा सहमत हुनुहुन्थ्यो,' ती सदस्यले भने ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
50m ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँ...

#रास्वपा
Compare →
Nagarik News
2h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रास्वपा
Compare →
Onlinekhabar
22h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612