Trending
Prev Story
Next Story

रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले जुन विवाद आएको …

रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले जुन विवाद आएको छ । यो बिचौलियाको विषयमा माननीय न्यायाधीशहरूको उठबसको कुरा । यो उठबसको कुरामा हामीलाई अहिले चर्को दबाब के छ भने तत्काल संसदीय समिति गठन गर्नुपर्छ,’ सांसद चौलागाईँले भने, ‘महाअभियोग सिफारिस समिति गठन गर्नुपर्छ भन्ने दबाब छ ।’

विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रूपमै प्रश्न उठेको छ ।

इनमको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीहरूसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।

सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।

यस सन्दर्भमा सांसद चौलागाईँले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरणका सन्दर्भमा आफूहरू छलफलमा रहेको समेत बताएका छन् ।

यसअघि, रास्वपा सांसद राजीव खत्री र यज्ञमणि न्यौपानेले पनि सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्ने बताएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

काठमाडौं । चीन भ्रमणमा जान लागेका रास्वपाका २० सांसदलाई प्रधानमन्त्री वालेन्द्र शाहले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), नेपालमा चिनियाँ लगानीका आयोजना, पर्यटन विकास र नेपालका लागि चीनको आर्थिक सहय...

#सांसद #रास्वपा
Compare →
Ekantipur
13h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद #रास्वपा
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#सांसद #रास्वपा
Compare →
Arthasansar
3d ago
पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका...

#महाअभियोग
Compare →

Related Stories

Politics & Governance
Build #2612