Trending
Prev Story
Next Story

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

Nagarik News •
November 14, 2026 • 04:46 AM
2
2 reads 0 reactions

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट सांसदहरूले गर्ने विदेश भ्रमणको औचित्यमाथि प्रश्न गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले एउटा सांसदले राज्यको खर्चमा कति पटक विदेश भ्रमण गर्न पाउने भन्ने प्रश्न गरेकी हुन्।

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

उनले सांसदहरू विभिन्न संसदीय समितिमा आबद्ध रहेको र आफ्नै समितिबाट समेत अन्य सदस्यलाई जानकारी नदिइ विदेश भ्रमणमा जाने गरेको आरोप लगाएकी छन्।

'सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो–आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ। तर आफ्नै समितिभित्रका सदस्यहरूले समेत कसैले थाहा पाएका हुँदैनन्,' उनले भनेकी छन्।

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने विदेश भ्रमणको उद्देश्य के हो र त्यसबाट जनता तथा सांसदले के उपलब्धि पाउँछन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको माग छ।

उनले विदेश भ्रमणबाट प्राप्त उपलब्धि जनतासमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै भ्रमणको औचित्य पुष्टि नभए समुद्रको तटमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्रै सीमित भएको देखिने टिप्पणी गरेकी छन्।

'राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो? सोको स्पष्टता जनतासामु आउनु पर्छ होइन भने उहीँ समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ,' उनले भनेकी छन्।

प्रकाशित: २८ कार्तिक २०८३ १०:३१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका बेला पार्टीकै सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि प्रश्न उठाएकी छ...

#विदेश #सांसद #भ्रमण
Compare →
Onlinekhabar
21h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#भ्रमण #सांसदहरू
Compare →
Ekantipur
1d ago
२७ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२७ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.७८मा, युरो रु १६७.२७मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#विदेश #कति
Compare →

Related Stories

Politics & Governance
Build #2612