Trending
Prev Story
Next Story

धनुषामा १० दिनदेखि बेपत्ता बालक धानखेतमा मृ*त फेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई …

धनुषामा १० दिनदेखि बेपत्ता बालक धानखेतमा मृ*त फेला

१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव एकछिन अघि फेला परेको हो ।

गत कार्तिक ४ गते दशैं टिकाको दिन बालक घरबाट निस्केका थिए ।  उनी बेपत्ता भएदेखि गाउँ तथा घररिवार चिन्तामा थिए ।

परिवारजन तथा प्रहरी निरन्तर खोजिरहेपनि साकेत फेला पर्न सकेको थिएन । नजिकका गाउँघर तथा वरपर रहेका पोखरी झाडी सबैमा प्रहरीले खोजेको थियो  ।

घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी खनालले बताए । बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3h ago
तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

#बेपत्ता #बालक
Compare →
Nagarik News
1d ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#फेला #बेपत्ता
Compare →
Hamro Patro News
2d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता एक १७ वर्षीय किशोर जीवितै फेला परेका छन् । भिक्टोरिया राज्यको मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगलमा साथीहरूसँग क्याम्पिङ गर्न गएका विलियम (थर...

#बेपत्ता #दिनदेखि
Compare →

Related Stories

World News
Build #2612