Trending
Prev Story
Next Story

विराटनगर र सुदूरपश्चिमबीचको खेलका लागि मैदान तयार गरिँदै, घाम लागेपछि खेल हुने सम्भावना बढ्यो

Ekantipur •
October 31, 2026 • 10:31 AM
3
3 reads 0 reactions

उपाधिको दाबेदार विराटनगर लगातार दुई हारपछि दबाबमा छ भने सुदूरपश्चिम एक जितसहित आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिँदैछ।

विराटनगर र सुदूरपश्चिमबीचको खेलका लागि मैदान तयार गरिँदै, घाम लागेपछि खेल हुने सम्भावना बढ्यो

उपाधिको दाबेदार विराटनगर लगातार दुई हारपछि दबाबमा छ भने सुदूरपश्चिम एक जितसहित आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिँदैछ।

काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । वर्षा रोकिएपछि मैदान ढाकिएका कभरहरू निकालिएका छन् । मैदानमा जमेको पानी निकालिँदै छ । मैदान सुकाउने कार्य भइरहेको छ । यसअघिका दुई एनपीएलमा वर्षाका कारण कुनै खेल रोकिएका थिएनन् ।

ओभर घटाएर पनि खेल सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक एवं नेपाल क्रिकेट संघका सदस्य धीरेन्द्र साउदले जनाए ।

उपाधिका लागि बलियो दावेदार मानिएको विराटनगर पहिलो दुवै खेलमा पराजित भएको थियो । विराटनगरलाई पहिलो खेलमा चितवनले ८ रनले र दोस्रो खेलमा कर्णाली याक्सले ४ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमै लुम्बिनीसँग ७ विकेटको पराजय भोगेर रन्थनिएको सुदूरपश्चिमले अर्को खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
छठ पर्वका लागि विराटनगर आसपासका खोला किनार सजाइयो

छठ पर्वका लागि विराटनगर आसपासका खोला किनार सजाइयो

विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा छठ पर्व उल्लासमय बनेको छ। छठ पर्वको दोस्रो दिन शनिबार व्रतालु खरनाको तयारीमा छन्।

#विराटनगर
Compare →
Nagarik News
6h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #सम्भावना
Compare →
Bizshala
18h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →

Related Stories

Sports
Build #2612