Trending
Prev Story
Next Story

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन सकेन

Ekantipur •
October 31, 2026 • 08:31 AM
3
3 reads 0 reactions

टससमेत हुन नसकेको खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाएका छन्, जबकि बिहीबार रातिदेखिको वर्षा जारी छ।

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन सकेन

टससमेत हुन नसकेको खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाएका छन्, जबकि बिहीबार रातिदेखिको वर्षा जारी छ।

काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको छ । निर्धारित समयअनुसार दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेल टससमेत हुन नसकी रद्द भएको हो । बिहीबार रातिदेखि वर्षा निरन्तर भइरहेको छ ।

मैदान अझै पनि त्रिपालले ढाकिएका छन् । एनपीएल इतिहासमा पहिलो पटक वर्षाका कारण खेल हुन नसकेको हो । प्रतियोगितामा कुनै रिजर्भ डे नराखिएका कारण लुम्बिनी र चितवनले १–१ अंक पाएका छन् ।

लुम्बिनी र चितवन दुवैले पहिलो खेलमा विजय हात पारेका थिए । च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरमाथि ८ रनको विजय हात पारेको थियो ।

साँझ ५ बजेदेखि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल पनि हुने सम्भावना कम रहेको छ । दोस्रो खेलको कटअफ टाइम ७:४१ रहेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#लुम्बिनी #लायन्स
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Arthasansar
17h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →

Related Stories

Sports
Build #2612