Trending
Prev Story
Next Story

वर्षाले कहिल्यै रोकिएको थिएन एनपीएल

Ekantipur •
October 31, 2026 • 08:01 AM
4
4 reads 0 reactions

दिउँसो १२ः३० बजे सुरु हुनुपर्ने खेलमा लगातार वर्षा भएपछि टस हुन सकेको छैन र रद्द हुने सम्भावना बढेको छ।

वर्षाले कहिल्यै रोकिएको थिएन एनपीएल

दिउँसो १२ः३० बजे सुरु हुनुपर्ने खेलमा लगातार वर्षा भएपछि टस हुन सकेको छैन र रद्द हुने सम्भावना बढेको छ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका यसअघिका दुई संस्करणमा वर्षाका कारण कुनै खेल रोकिएका थिएनन् । सबै खेल निर्धारित समयमा पूरा भएका थिए र जित–हारका नतिजा आएका थिए ।

शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । वर्षाका कारण दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेलको अझै टस हुन सकेको छैन । वर्षा अझै नरोकिएका कारण यो खेल रद्द हुने सम्भावना बढेर गएको छ ।

यसअघिका प्रतियोगिता नोभेम्बर–डिसेम्बरमा आयोजना गरिए पनि यस संस्करणदेखि त्यसको एक महिना अगाडि प्रतियोगिता आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार विन्डो मिलाउन एनपीएल अगाडि सारिएको क्यानले जनाएको थियो ।

नोभेम्बर–डिसेम्बरमा आयोजना गर्दा यूएईको इन्टरनेसनल लिग टी–२० (आईएलटी–२०) सँग जुधेका कारण एनपीएल खेलेका खेलाडी बीचमै छाडेर दुबई जाने गरेका थिए ।

अहिले पनि क्यानडाको ग्लोबल टी–२० र अबुधाबी टी–२० सँग जुधेका कारण केही विदेशी खेलाडीले एनपीएलमा सम्झौता भए पनि त्यता गएको गुनासो फ्रेन्चाइज टोलीले गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
१२ बजे १२ समाचार : रसुवागढी नाका तीन महिनादेखि ठप्प, एनपीएल प्लेअफ समीकरण पूरा

१२ बजे १२ समाचार : रसुवागढी नाका तीन महिनादेखि ठप्प, एनपीएल प्लेअफ समीकरण पूरा

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ– १. राप्रपा महाधिवेशन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप...

#एनपीएल #बजे
Compare →
Nagarik News
4h ago
एनपीएलमा आज दुई खेल, पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता निर्धारण गर्नेछ।

#एनपीएल
Compare →
Onlinekhabar
5h ago
एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612