Trending
Prev Story
Next Story

पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे

Ekantipur •
October 31, 2026 • 07:32 AM
2
2 reads 0 reactions

प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएको अदालत सेटिङसम्बन्धी समाचारपछि पत्रकारमाथि कारबाही भएको उनले आरोप लगाएका छन्।

पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखियो : आङ्देम्बे

प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएको अदालत सेटिङसम्बन्धी समाचारपछि पत्रकारमाथि कारबाही भएको उनले आरोप लगाएका छन्।

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकारलाई तर्साउने कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताएका छन् ।

शनिबार जारी प्रेस विज्ञप्तिमा उनले सञ्चारमाध्यमका कार्यालयमा प्रहरीका गाडी तेर्स्याउने, समाचार कक्षमै प्रहरी प्रवेश गराउने र कार्यस्थलमा रहेका कर्मचारीलाई धरपकड गर्ने कार्यलाई राज्यशक्तिको नग्न दुरुपयोगको संज्ञा दिएका छन् ।

अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भएपछि सरकारले समाचार लेख्ने पत्रकारमाथि धरपकड गरेको उनको आरोप छ । पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने कार्यले नेपालमा समाचार लेख्ने वातावरण संकुचित हुँदै गएको उनले बताएका छन् ।

'सरकारले गरिरहेका काममा कमजोरी औंल्याउने पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखिएको छ,' उनले विज्ञप्तिमा भनेका छन् ।

पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबी गर्दै उनले प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक काम कानुनसम्मत हुनुपर्ने बताएका छन् । अनियमितता र छानबिनका विषयमा स्थापित निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा...

#रहे
Compare →
Nagarik News
1d ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#आङ्देम्बे
Compare →

Related Stories

Politics & Governance
Build #2612