Trending
Prev Story
Next Story

वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना

Ekantipur •
October 31, 2026 • 07:01 AM
2
2 reads 0 reactions

प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ ।

वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना

प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ ।

काठमाडौँ — देशभरीकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारका खेलहरु प्रभावित हुने भएको छ । प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ ।

पहिलो खेल दिउसो १२.३० बजे हुने तालिका रहेको छ । तर वर्षाका कारण १२ बजे तोकिएको टस हुन सकेको छैन । १२:२० सम्म पनि वर्षा रोकिएको छैन । मैदान फुल कभर भए पनि बाउन्ड्री छेउहरु भिजेर पानी जमेका छन् ।

दुवै टोलीलाई स्ट्यान्डबाई राखिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए । मौसम पूर्वानुमानमा दिउँसो ३ बजे देखि घाम देखाए पनि पहिलो खेल हुने सम्भावना कमै देखिएको छ ।

लुम्बिनी र चितवन दुबैले पहिलो खेलमा विजय हात पारेका थिए ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरमाथि ८ रनको विजय हात पारेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #रहे #सम्भावना
Compare →
Hamro Patro News
15h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#वर्षा #सम्भावना
Compare →
Bizshala
19h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल
Compare →
Arthasansar
17h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #सम्भावना
Compare →

Related Stories

Sports
Build #2612