Trending
Prev Story
Next Story

मनाङमा धेरै भारी वर्षा, आज अपराह्नदेखि देशभर वर्षा कम हुने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञान विभागका …

मनाङमा धेरै भारी वर्षा, आज अपराह्नदेखि देशभर वर्षा कम हुने

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ । अहिले अधिकांश स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि मापन भएको छ ।

शुक्रबार राति १० बजेको विवरण अनुसार ३ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६.९ मिलिमिटर वर्षा मापन भएको थियो ।

यसैगरी राति ११:१० बजेको विवरण अनुसार १ घण्टा अवधिमा सबैभन्दा धेरै सुर्खेतको रानीमत्ता केन्द्रमा ११.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा ५० मिलिमिटर भन्दा धेरै र १०० मिलिमिटर भन्दा कम पानी परेमा भारी वर्षा भएको मानिन्छ ।

आज पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने पूर्वानुमान छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ । दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तया...

#वर्षा #भारी
Compare →
Bizshala
18h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #मौसम
Compare →
Ekantipur
5h ago
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #देशभर
Compare →
Nagarik News
6h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →
Arthasansar
4d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा
Compare →

Related Stories

Technology
Build #2612