Trending
Prev Story
Next Story

नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सको सानदार लय

Ekantipur •
October 30, 2026 • 02:32 PM
3
3 reads 0 reactions

एनपीएलमा लगातार सात खेल जितेको लुम्बिनीले चितवनसँग खेल्दै, सुदूरपश्चिम र विराटनगर तथा जनकपुर र पोखराबीच पनि प्रतिस्पर्धा हुने

नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सको सानदार लय

एनपीएलमा लगातार सात खेल जितेको लुम्बिनीले चितवनसँग खेल्दै, सुदूरपश्चिम र विराटनगर तथा जनकपुर र पोखराबीच पनि प्रतिस्पर्धा हुने

हिमेश — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले पहिलो विश्राम लिएयता फेरि खेल सुरु हुँदा प्रत्येक टिमसामु फरक–फरक चुनौती हुनेछन् । संयोगले अबका चार खेलमा सबै आठै टिम संलग्न हुनेछन् र त्यसले अंकतालिकालाई एउटा आकार दिनेछ ।

शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन् । दुवै टोलीसामु दोस्रो जित हात पार्ने अवसर छ । चितवनले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । त्यस्तै, डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिम रोयल्समाथि जित हात पारेको थियो । लुम्बिनीको त्यो खेल धेरै अर्थमा पछिल्लो सिजनको फाइनलको पुनरावृत्तिजस्तै थियो, नतिजा पनि उस्तै रह्यो । एकातिर कम स्कोरको खेल, अर्कोतिर लुम्बिनीकै प्रभुत्वशाली जित । यही खेलका क्रममा लुम्बिनीले बनाएको एउटा कीर्तिमान भने धेरैले छुटाए ।

लुम्बिनीको यो प्रतियोगितामा लगातार सातौं जित थियो । टोलीले यस्तै प्रदर्शनमा उछिनेको भनेकै सुदूरपश्चिमलाई नै थियो । गत सिजन उपाधि जित्ने क्रममा सुरु भएको लुम्बिनीको जित यात्रा अहिले सानदार लयमा परिणत भएको छ । त्यसमा लिग चरणका तीन जित समावेश छन् । त्यसपछि लुम्बिनीले अविश्वसनीय ढंगले इलिमिनेटर, क्वालिफायर–२ र फाइनल जितेको थियो ।

यसपल्टको पहिलो खेलको जितमात्र जोड्ने हो भने लुम्बिनीको लिग चरणमा लगातार जितको संख्या चार पुगेको छ । लिग चरणमा लगातार जितको कीर्तिमान भने सुदूरपश्चिमकै नाममा छ, जसलाई तोड्न गाह्रै हुनेछ । पहिलो र दोस्रो सिजनसमेत जोडेर सुदूरपश्चिमले लिग चरणमा लगातार नौ खेल जितेको थियो । खासमा लिग चरणमा सबैभन्दा बलियो प्रदर्शन कसैको छ भने त्यो सुदूरपश्चिमकै छ ।

सुदूरपश्चिम पहिलो र दोस्रो सिजनको लिग चरणमा एक–एक खेलमा मात्र पराजित भएको थियो । यता लुम्बिनीसँगको सामना गर्दा चितवनका लागि एउटा तगारो हुनेछ । टोलीका लागि लुम्बिनी त्यस्तो प्रतिद्वन्द्वी हो, जसलाई उसले अहिलेसम्म हराउन सकेको छैन । अघिल्ला दुवै सिजनमा लुम्बिनीले चितवनलाई क्रमशः ३३ रन र ६ विकेटले हराएको थियो ।

शनिबार अर्को खेलमा सुदूरपश्चिमले फ्लडलाइटमा विराटनगर किंग्सको सामना गर्नेछ । यतिबेला कुनै एक खास टिम सबैभन्दा बढी निराश छ भने त्यो विराटनगर नै हो । यसपालि हातैमा आइसकेका दुई जित पनि विराटनगरले गुमाएको छ । त्यसमा पहिलो हार चितवन राइनोजसँग थियो भने अर्को कर्णाली याक्सविरुद्ध । विशेषतः कर्णालीविरुद्ध विराटनगरको हार स्तब्धपूर्ण र पीडादायी रह्यो । अहिलेसम्म यी टिमबीच तीन खेल भएका छन् । त्यसमा सुदूरपश्चिम दुईपल्ट विजयी भएको छ भने एकपल्ट विराटनगर ।

पहिलो सिजन पनि विराटनगर सुरुआती दुई खेलमा पराजित थियो र यसै कारण टोलीको लिग चरण पार गर्ने सम्भावना कमजोर बनेको थियो । आइतबार बेलुका हुने एकमात्र खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

जनकपुरले यसपल्ट एक खेल गुमाएको छ भने अर्को खेलमा जित हात पारेको छ । पोखरा भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग हारेको थियो । जनकपुर र पोखरा एकआपसमा दुईपल्ट भिडेका छन् । त्यसमा दुवै टिमको भागमा एक–एक जित छ । पोखरा नै प्रतियोगितामा एकमात्र त्यस्तो टिम हो, जसले अहिलेसम्म प्लेअफ चरणमा प्रवेश पाएको छैन ।

लिग चरणमै सीमित पोखराको अहिलेसम्मको प्रदर्शन पनि कमजोर नै छ । लिग चरणमा टोलीले खेलेका १५ खेलमध्ये १० मा हार बेहोरेको छ । सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् । काठमाडौंले खेलेको पहिलो खेलमा टोलीको प्रदर्शन धेरै अर्थमा कमजोर रह्यो । त्यसमा जुनुन नै देखिएन । यसको ठीक विपरीत कर्णाली अहिले सबैभन्दा बढी उत्साही टिममध्येमा छ ।

कर्णाली आफ्ना सुरुका दुवै खेल जितेर लयमा छ । गत सिजनको एक लिग जित पनि जोड्ने हो भने यस चरणमा कर्णालीको लगातार जित तीन खेल पुगेको छ । संयोग कस्तो पनि छ भने यही कर्णालीले अहिलेसम्म काठमाडौंलाई हराउन भने सकेको छैन । यी दुई टिमबीच लिग चरणमा दुई खेल भएका छन् । ती दुवैमा काठमाडौं गोर्खाज नै विजयी भएको इतिहास छ । कम्तीमा यो तथ्यले काठमाडौंलाई अब राम्रो खेल्न प्रेरित गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
7h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
7h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
18h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Sports
Build #2612