आज धार्मिक कार्यप्रति मन आकर्षित हुनेछ । नयाँ काम वा रोजगारीको अवसर प्राप्त हुन सक्छ । पुराना समस्या समाधान हुनुका साथै रोकिएका काम पूरा हुनेछन् । वैदेशिक क्षेत्रका काम अघि बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ । भगवान् विष्णुको स्मरण गरी विवेकपूर्ण निर्णय लिनुहोला ।
यो महिना मनपर्ने वस्त्र, अलङ्कार तथा अन्य उपहार प्राप्त हुने योग रहेको छ । नजिकका व्यक्तिको सहयोगबाट रोकिएका कार्यहरू पूरा हुनेछन् । प्रेमी वा आफूले विश्वास गरेका व्यक्तिबाट साथ र सहयोग प्राप्त हुनेछ । भ्रमण तथा तीर्थाटनको अवसर पनि मिल्नेछ । महिनाको मध्यतिर धन तथा समयको नोक्सानी हुनसक्ने भएकाले अनावश्यक खर्चबाट जोगिनुहोला । कुनै शुभकार्य गर्नुअघि वा यात्रामा निस्कनुपूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।
कन्या राशि हुनेहरूका लागि यो वर्ष राम्रै फल मिल्नेछ । बृहस्पति र राहुको कारण जातकहरूलाई यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।
शनि र केतुको कारणले गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ ।, तर जन्मकुण्डलीमा ग्रह राम्रो अवस्थामा भए शुभ फल मिल्नेछ । यो वर्ष व्यापार व्यवसायबाट त्यति राम्रो नहोला । वैदेशिक क्षेत्रको लगानी वा व्यापारमा नोक्सानी हुनसक्छ । एजेन्ट, सजावटी, जग्गा जमिन र मोटरगाडीबाट भने लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । आर्थिक दृष्टिले साउन, मङ्सिर र फागुन महिनामा बढी लाभ हुनेछ । प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ । दाम्पत्य जीवनमा असमझदारी बढ्न सक्छ । पुराना र टाढिएका मित्रसँग गोपनीय ढङ्गले सामीप्यता भने बढ्नेछ ।
शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ । अध्ययन र अध्यापन अधुरै रहनसक्छ । प्राविधिक र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । भाषा र स्वास्थ्य विषय कमजोर हुनेछ ।
वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई पनि यो वर्ष त्यति राम्रो देखिन्न, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । नसा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।
प्रत्येक मङ्गलबार हनुमानजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मबार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ ।