Trending
Prev Story
Next Story

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका प्रधानसम्पादक बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। 'आज दिउँसो तपाईंको इसेवा स्क्याम भएको छ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन …

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा

१३ कात्तिक, काठमाडौं । पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका प्रधानसम्पादक बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

‘आज दिउँसो तपाईंको इसेवा स्क्याम भएको छ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन आयो,’ त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘उहाँ त्यहाँ जानु भयो तर अहिले साँझ त तपाईं आझ यहीँ बस्नुपर्ने भयो भनेर भनेको छ।’

प्रहरीले आज नेपाल प्रेसका पत्रकारका विश्वमणि सुवेदीलाई पनि नियन्त्रणका लिइसकेको छ। समाचारका विषयमा कुराकानी गर्नुपर्नेछ भन्दै सुवेदीलाई प्रहरीले लगेको नेपाल प्रेसले जानकारी दिएको छ।

त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै प्रहरीको टोली बसिरहेको छ। मोटिभेट न्युजका शोबराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै दियो पोस्ट अनलाइनको कार्यालयमा पनि त्यहाँका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्दै प्रहरी पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
20h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#नियन्त्रण
Compare →

Related Stories

World News
Build #2612