Trending
Prev Story
Next Story

भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग

Nagarik News •
October 30, 2026 • 12:27 PM
3
3 reads 0 reactions

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीबाट संकलित ३४ लाख ११ हजार ६६० रुपैयाँ ८७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार जनप्रतिनिधिबाट एक लाख ७३ हजार ४९० रुपैयाँ, कर्मचारीबाट आठ लाख १९ हजार ६५० रुपैयाँ तथा शिक्षक र विद्यालय कर्मचारीबाट २४ लाख १८ हजार ५२० रुपैयाँ ८७ पैसा संकलन भएको हो।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानीय तह, सरकारी निकाय, संघसंस्था र सर्वसाधारणले राहत कोषमा सहयोग गर्ने क्रम जारी राखेका छन्। आफ्नो क्षेत्रभन्दा टाढा विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापनाका लागि स्थानीय तहहरूले जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक र विपद् व्यवस्थापन कोषबाट समेत रकम जुटाएर सहयोग गरिरहेका छन्।

यसअघि बाढीपीडितको सहयोगका लागि कपिलवस्तुका छ स्थानीय तहले मात्रै दुई करोड २५ लाख १३ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार, वाणगंगा नगरपालिकाले ४५ लाख, बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार, शिवराज नगरपालिकाले ३८ लाख ५७ हजार र महाराजगञ्ज नगरपालिकाले ३७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका थिए।

त्यस्तै, बझाङको खप्तडछान्ना गाउँपालिकाले २६ लाख ३८ हजार ८२७ रुपैयाँ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले २५ लाख १६ हजार २५२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका थिए। बझाङकै मष्टा गाउँपालिकाले २२ लाख ६४ हजार १७९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। दार्चुलाको मार्मा गाउँपालिकाले पनि आफ्नो विपद् व्यवस्थापन कोषबाट दुई लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

यसरी विभिन्न स्थानीय तहले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा आफ्नै विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर बाढीपीडितलाई सहयोग गरिरहेका छन्। कतिपय स्थानीय तहले रकम कोषमा जम्मा गरिसकेका छन् भने कतिपयले जम्मा गर्ने निर्णय गरेका छन्।

अर्थ मन्त्रालयको कात्तिक १० गतेसम्मको अद्यावधिक विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न माध्यमबाट कुल १७ अर्ब ६३ करोड १७ लाख ३२ हजार ५१ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ। यसमा बैंकिङ माध्यमबाट प्राप्त रकम, संस्थागत तथा व्यक्तिगत सहयोग र विदेशी सहायता समावेश छन्।

सरकारले पनि बाढी प्रभावित क्षेत्रका १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। त्यस्तै, रसुवा जिल्लालाई एक करोड, नुवाकोटलाई एक करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको सरकारी विवरणमा उल्लेख छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्कालीन उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने भएकाले सहयोग संकलन र परिचालनलाई पारदर्शी बनाउनुपर्ने आवाजसमेत उठिरहेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १८:१२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#भोटेकोशी
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2612