Trending
Prev Story
Next Story

देशभरका चौताराको विवरण संकलन गर्दै सरकार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सरकारले देशभर रहेका चौताराको विवरण संकलन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो । यस निम्ति सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य …

देशभरका चौताराको विवरण संकलन गर्दै सरकार

१३ कात्तिक, काठमाडौं । सरकारले देशभर रहेका चौताराको विवरण संकलन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो ।

यस निम्ति सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा पत्र लेखेका छन् ।

‘नेपालका ७७ वटै जिल्ला तथा ७५३ स्थानीय तहमा रहेका चौतारोको अद्यावधिक विवरण संलग्न ढाँचामा माग गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्न अनुरोध गर्ने भनी मिति २०८३÷७÷९ मा निर्णय (सचिवस्तर) भएको’ पत्रमा उल्लेख छ ।

पत्रका साथमा विवरण संकलनको फाराम समेत समावेश गरिएको छ ।

यो पत्र अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गरिदिन पत्राचार गरेको छ ।

सबै गाउँपालिका र सबै नगरपालिकालाई पत्र पठाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थी पन्थीले सबै स्थानीय तहमा पत्र पठाएका हुन् ।

‘नेपालका ७७ वटै जिल्ला तथा ७५३ स्थानीय तहमा रहेका चौताराको अद्यावधिक विवरण संकलन गर्ने कार्यमा सहजीकरण गरिदिने सम्बन्धी पत्र र चौताराको विवरण (ईन्भेन्ट्री) सम्बन्धी अद्यावधिक फारामको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ’ स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ । यो पत्र सबै स्थानीय तहमा ईमेलमार्फत पठाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १६८ रहेको छ।

#देशभर #रहे
Compare →
Hamro Patro News
4h ago
अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। संघीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अचानक...

#देशभर
Compare →
Nagarik News
7h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#देशभर
Compare →
Bizshala
1d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#संकलन
Compare →

Related Stories

Politics & Governance
Build #2612