Trending
Prev Story
Next Story

२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन …

२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने/खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको छ ।

उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
13h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#रहे #काठमाडौं
Compare →
Hamro Patro News
1h ago
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा...

#रहे
Compare →

Related Stories

Business & Economy
Build #2612