Trending
Prev Story
Next Story

मनाङको उच्च क्षेत्रमा हिमपात, पर्यटकलाई गन्तव्यतर्फ जान रोक

Ekantipur •
October 30, 2026 • 05:01 AM
2
2 reads 0 reactions

बिहीबार रातिदेखि उच्च क्षेत्रमा हिमपात र बस्तीमा वर्षा भएपछि प्रशासनले पर्यटकलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।

मनाङको उच्च क्षेत्रमा हिमपात, पर्यटकलाई गन्तव्यतर्फ जान रोक

बिहीबार रातिदेखि उच्च क्षेत्रमा हिमपात र बस्तीमा वर्षा भएपछि प्रशासनले पर्यटकलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।

लमजुङ — चक्रवात ‘अर्णव’ को प्रभावले हिमाली जिल्ला मनाङको उच्च क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिदेखि उच्च क्षेत्रमा हिमपात र बस्तीमा सामान्य वर्षा भइरहेको छ ।

मौसम प्रतिकूल बनेपछि पर्यटक र स्थानीयलाई सुरक्षित स्थानमै बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।

माथिल्लो मनाङको मनाङ, टंकी मनाङ र खाङ्सारलगायत क्षेत्रमा राति सामान्य हिमपात भए पनि शुक्रबार बिहानसम्म हिउँ पग्लिसकेको स्थानीयले बताएका छन् । बिहानैदेखि बस्ती क्षेत्रमा भने सिमसिम पानी परिरहेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले गाउँबस्तीमा हिमपात नभए पनि उच्च क्षेत्रमा हिउँ परेको बताए । मौसम प्रतिकूल रहेकाले स्थानीय र पर्यटकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिएको उनले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार डाँडाकाँडासहित तिलिचो क्षेत्र र थोराङ्ला पासतर्फ गुन्साङ, याकखर्क र लेदर क्षेत्रभन्दा माथि हिमपात भएको छ । मनाङ गाउँमा राति सामान्य हिमपात भए पनि अहिले सामान्य वर्षा भइरहेको उनले बताए ।

मौसमको अवस्था प्रतिकूल भएपछि माथिल्लो मनाङस्थित एक्याप कार्यालयले बिहीबारदेखि पर्यटकको प्रवेश रोकेको छ । बुधबार मात्रै ७० जना पर्यटकको प्रवेश दर्ता भएको थियो । पर्यटकलाई थोराङ्ला पास हुँदै मुक्तिनाथ र मुस्ताङ जाने साथै तिलिचो तालतर्फ जाने अनुमति नदिइएको भुजेलले बताए ।

‘औपचारिक रूपमा पर्यटकलाई जान दिइएको छैन । तर, कतिपयले अटेर गरेर जान सक्छन्,’ उनले भने । उनका अनुसार अहिले मनाङ भ्यालीमा मात्रै करिब चार सय पर्यटक रहेको अनुमान छ ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले राति १ बजेदेखि मनाङमा वर्षा सुरु भएको र उच्च क्षेत्रमा हिमपात भएको बताए । वर्षासँगै चिसो बढेको छ । सदरमुकाम चामे र आसपासका क्षेत्रमा सिमसिम पानी परिरहेको उनले जानकारी दिए ।

प्रशासनले पर्यटकलाई आफू बसेकै स्थानमा रहन आग्रह गरेको छ । होटल बुकिङ वा अन्य कारणले अर्को स्थानमा जानुपर्ने अवस्था आए सम्बन्धित निकायसँग सम्पर्क गरेर मात्रै आवतजावत गर्न भनिएको खनालले बताए ।

‘जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्न भनेका छौं । बुकिङ गरेको ठाउँमा जानैपर्ने अवस्था भए पनि सम्पर्क गरेर मात्रै जान अनुरोध गरेका छौं,’ उनले भने ।

प्रतिकूल मौसम र सम्भावित जोखिमलाई ध्यानमा राख्दै बेंसीसहर–चामे सडकमा रातिको समयमा सवारीसाधन आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ तिहार र छठको बिदासँगै मौसम खुलेकाले कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक पर्यटकले भरिएका छन् । होटल र घरबासमा पाहुनाको चाप बढेपछि कतिप...

#पर्यटक
Compare →
Onlinekhabar
1h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →
Nagarik News
3h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक
Compare →
Bizshala
1d ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#क्षेत्रमा #हिमपात
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612