Trending
Prev Story
Next Story

दसैंअघि काठमाडौंमा ग्यास वितरण नियमित, साटासाट गर्ने व्यवस्था बुधबार हट्ने

Arthasansar •
October 13, 2026 • 06:20:50 PM
2
2 reads 0 reactions

नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको वितरण प्रणाली नियमित बनेको दाबी गरेको छ। सङ्घले मंगलबार विज्ञप्ति...

दसैंअघि काठमाडौंमा ग्यास वितरण नियमित, साटासाट गर्ने व्यवस्था बुधबार हट्ने

नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको वितरण प्रणाली नियमित बनेको दाबी गरेको छ। सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्तासम्म ग्यास सहज रूपमा पुर्‍याउने प्रक्रिया पुनः सञ्चालनमा आएको जनाएको हो।

सङ्घले उपभोक्ता तथा सरोकारवालालाई आफू नजिकको आधिकारिक विक्रेताकहाँ गएर नियमित रूपमा ग्यास खरिद गर्न आग्रह गरेको छ।

यसअघि उपभोक्तालाई सहज बनाउन असोज २५ गतेदेखि असोज ३० गतेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिन्डर एकअर्कासँग साटेर बिक्री गर्न सकिने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गरिरहेको ब्रान्डभन्दा फरक ब्रान्डको भरिएको सिलिन्डरसमेत खरिद गर्न सक्ने व्यवस्था मिलाइएको थियो । तर, बिहीबार र शुक्रबारदेखि विक्रेतामार्फत नियमित रूपमा ग्यास वितरण गर्नुपर्ने भएकाले संयुक्त बिक्री व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र कायम रहने सङ्घले जनाएको छ।

सङ्घले आपूर्ति सहज बनेको दाबी गरे पनि उपभोक्ताले भने ग्यास खरिदमा अझै कठिनाइ भोगिरहेको अवस्था छ। आपूर्ति नियमित भएको दाबी र उपभोक्ताले प्रत्यक्ष रूपमा अनुभव गरिरहेको अवस्थाबीचको अन्तरले वितरण प्रणाली पूर्ण रूपमा सहज भइसकेको छ वा छैन भन्ने प्रश्नसमेत उठाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#काठमाडौं
Compare →
Nagarik News
14h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
18h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

Business & Economy
Build #2612