Trending
Prev Story
Next Story

चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Nagarik News •
October 30, 2026 • 12:52 AM
2
2 reads 0 reactions

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।

चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने छ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ।

त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नाका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ। साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०६:३७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा #स्थान #हिमपात
Compare →
Hamro Patro News
2d ago
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौँ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भाइटीकाको दिन वर्षा भएको छ । बुधबार दिउँसो असिनासहितको वर्षा भएको हो । काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भए...

#वर्षा #स्थान
Compare →
Bizshala
17h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #हिमपात
Compare →
Ekantipur
21h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #हिमपात
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #हिमपात
Compare →

Related Stories

Technology
Build #2612