Trending
Prev Story
Next Story

चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकास र सैन्य सुदृढीकरणमा राष्ट्रपति सीको जोड

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको नयाँ दिशाबारे चर्चा गरेका हुन्। 'हामीले दृढताका साथ उच्च गुणस्तरीय …

चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकास र सैन्य सुदृढीकरणमा राष्ट्रपति सीको जोड

५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको नयाँ दिशाबारे चर्चा गरेका हुन्।

‘हामीले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्छ र राम्रो जीवनका लागि जनताका निरन्तर बढ्दै गएका आवश्यकताहरू पूरा गर्नुपर्छ,’ राष्ट्रपति सीले भने।

उनले स्थायित्व कायम राख्दै समग्र सामाजिक प्रगतिलाई अगाडि बढाउने बताए।

सरकारी समाचार एजेन्सीका अनुसार सिले सशस्त्र बलहरूमा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्व हुनुपर्ने कुरामा जोड दिए। उनले सेनाको राजनीतिक निर्माणलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।

चिनियाँ नेताले सेनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विज्ञान, प्रविधि, प्रतिभा र कानुनी शासनको माध्यमबाट सेनालाई बलियो बनाउनुपर्ने बताए।

यो सम्बोधन लङ मार्चको ९० औं वार्षिकोत्सवका अवसरमा भएको हो। लङ मार्च सन् १९३४ र १९३५ मा माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीले विरोधी सेनाबाट बचनका लागि गरेको एक ऐतिहासिक यात्रा थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि...

#विकास #जोड #सुदृढीकरण
Compare →
Nagarik News
3h ago
दबाबमा अर्थतन्त्र

दबाबमा अर्थतन्त्र

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ।

#अर्थतन्त्र
Compare →
Bizshala
22h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Ekantipur
1d ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति
Compare →

Related Stories

Business & Economy
Build #2612