Trending
Prev Story
Next Story

प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’

Nagarik News •
October 29, 2026 • 03:51 PM
3
3 reads 0 reactions

नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।

प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’

नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन्।

महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरूलाई समुदायस्तरसम्म पुर्‍याउन यो अभियान चलाउन लागिएको सभापति थापाले बताए।

विगतको समीक्षा र आलोचनाको चरण समाप्त भइसकेकाले अब पार्टी मुलुकका विद्यमान समस्या समाधान गर्ने दिशामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

‘हामीले महाधिवेशनबाट पारित गरेका विषयहरू मंसिरमा दस्तावेजीकरण गर्छौँ, त्यसलाई समुदायसम्म पुर्‍याउन ‘कांग्रेस तयार छ’ विशेष अभियान चलाइनेछ,’ सभापति थापाले भने, ‘हामी देशका समस्या समाधान गर्न तयार छौं, विगतको समीक्षा र आलोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो।’

कांग्रेस प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्न र स्थानीय तहको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न पूर्ण रूपमा तयार रहेको उनले बताए। पार्टीले लिएका यी जिम्मेवारीबारे आम नागरिकलाई सुसूचित गराउनसमेत उनले नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।

यसैबीच, सभापति थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोल र वडाहरूमा पुगेर लम्बेतान सम्मान कार्यक्रम नगर्न निर्देशन दिएका छन्।

‘यहाँ हामीले सम्मान पायौं, जिम्मेवारी लियौं। अब यहाँबाट गएर टोल-टोल र वडा-वडामा सम्मान लिने काम बन्द गरौं,’ उनले भने।

मुलुक ठूलो विपद्को घडीमा रहेकाले राहत र पुनःस्थापनामा ध्यान दिनुपर्ने औंल्याउँदै उनले पार्टी कोषमा रहेको रकमको समेत सही सदुपयोग गर्नुपर्ने बताए।

आसन्न तिहार र छठ पर्वका अवसरमा पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित नभई समुदायसँग प्रत्यक्ष जोडिनुपर्ने निर्देशन सभापति थापाले दिएका छन्।

बाँकी कार्ययोजना पार्टी कार्यालयले छिट्टै तय गर्ने उनले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८३ २१:३६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#कांग्रेस #महाधिवेशन #चलाउन
Compare →
Onlinekhabar
5d ago
महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका हल्लाका भरमा प्रश्न नउठाउन आग्रह गरेका छन्। सोमबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले …

#कांग्रेस #महाधिवेशन
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612