Trending
Prev Story
Next Story

नेपाल-भारत लगानी प्रवर्द्धनका अवसरबारे निक्की र लगानी बोर्ड, कार्यालयबीच छलफल

Ekantipur •
October 29, 2026 • 04:32 PM
2
2 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा आयोजना गर्ने गरी निक्कीले प्रस्ताव गरेको ‘भारत-नेपाल सीईओ राउन्डटेबल’ लाई लक्षित गर्दै दुई निकायबीच लगानी बोर्डको कार्यालयमा भेटवार्ता भएको हो ।

नेपाल-भारत लगानी प्रवर्द्धनका अवसरबारे निक्की र लगानी बोर्ड, कार्यालयबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा आयोजना गर्ने गरी निक्कीले प्रस्ताव गरेको ‘भारत-नेपाल सीईओ राउन्डटेबल’ लाई लक्षित गर्दै दुई निकायबीच लगानी बोर्डको कार्यालयमा भेटवार्ता भएको हो ।

काठमाडौँ — नेपालमा भारतीय लगानी भित्र्याउन र द्विपक्षीय आर्थिक सहयोगलाई थप मजबुत बनाउन नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) र लगानी बोर्ड, कार्यालय नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा आयोजना गर्ने गरी निक्कीले प्रस्ताव गरेको ‘भारत-नेपाल सीईओ राउन्डटेबल’ लाई लक्षित गर्दै दुई निकायबीच लगानी बोर्डको कार्यालयमा भेटवार्ता भएको हो ।

छलफलमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य सुदृढ बनाउने, नेपालमा सञ्चालित सफल भारतीय लगानीलाई उजागर गर्ने र लक्षित बिजनेस-टु-बिजनेस (बीटूबी) सहकार्यमार्फत नयाँ लगानी भित्र्याउने रणनीतिबारे विचार-विमर्श गरिएको छ ।

बैठकमा निक्कीका अध्यक्ष कुणाल कायलले भारतीय व्यावसायिक संस्थाहरूसँग संघको बलियो नेटवर्क रहेको उल्लेख गर्दै नेपालको लगानी सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रभावकारी रूपमा सञ्चार गर्नुपर्ने बताए । ' नेपालमा स्थापित भइसकेका भारतीय उद्यमहरूको योगदानलाई उजागर गर्दै नयाँ लगानीकर्तालाई आकर्षित गर्न आवश्यक छ,' उनले भने ।

निक्कीका उपाध्यक्ष गौरव टायलले विशिष्टीकृत स्वास्थ्य सेवा, उच्च शिक्षा, यातायात सञ्जाल, लजिस्टिक र पूर्वाधार निर्माणलाई सम्भावित सहकार्यको क्षेत्रका रूपमा औँल्याए । नेपालको विकास प्राथमिकतासँग मेल खाने स्पष्ट आयोजनाहरू पहिचान गरी लगानीकर्तालाई जोड्नुपर्नेमा उनले बताए ।

लगानी बोर्ड, कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) यांकी उक्यावले निक्कीको पहललाई स्वागत गर्दै लगानी सहजीकरणलाई सरल बनाउन र सरोकारवाला निकायबीच समन्वय बढाउन बोर्ड प्रतिबद्ध रहेको बताइन् ।  लगानीका अवसरहरूलाई अघि बढाउन निजी क्षेत्रको रचनात्मक सहभागिता र ठोस प्रस्ताव आवश्यक पर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा गर्ने गरी निक्कीले प्रस्ताव गरेको ‘सीईओ राउन्डटेबल’ मा केन्द्रित भई ठोस परिणाम ल्याउने गरी एजेन्डा र प्राथमिकता प्राप्त क्षेत्रहरू तय गर्ने सहमति दुवै पक्षबीच भएको छ ।  भेटमा निक्कीका पूर्वअध्यक्ष सुनिल केसी, उपाध्यक्ष गौरव टायल, प्रतिनिधिहरू साइबल घोष, मार्शल राठौर तथा लगानी बोर्ड, कार्यालयका सहसचिव भुपेन्द्र थापा र वरिष्ठ डिभिजनल इन्जिनियर दीपक मुढभरी लगायत उपस्थित थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत #भ्रमण
Compare →
Bizshala
19h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612