Trending
Prev Story
Next Story

कांग्रेसले मंसिरभर ‘हामी तयार छौं’ अभियान चलाउने

Ekantipur •
October 29, 2026 • 02:33 PM
3
3 reads 0 reactions

१५औं महाधिवेशन सम्पन्नपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले 'हामी तयार छौैं' अभियानलाई स्थानीय तहसम्म लैजाने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए ।

कांग्रेसले मंसिरभर ‘हामी तयार छौं’ अभियान चलाउने

१५औं महाधिवेशन सम्पन्नपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले 'हामी तयार छौैं' अभियानलाई स्थानीय तहसम्म लैजाने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए ।

काठमाडौं — आगामी स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले मंसिर महिनाभर ‘हामी तयार छौं’ अभियान चलाउने भएको छ । १५औं महाधिवेशन सम्पन्नपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले यस्तो अभियानलाई स्थानीय तहसम्म लैजाने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए ।

उनका अनुसार यस अभियानअन्तर्गत चुनावका लागि, प्रभावकारी प्रतिपक्ष भूमिकाका लागि, राष्ट्रिय समस्याहरू हल गर्न, आपसी समन्वयात्मक राजनीतिका लागि, संविधान कार्यान्वयन गर्ने प्रक्रियामा सहकार्य गर्नलगायतका सबै राष्ट्रिय आवश्यकताको मुद्दामा कांग्रेस तयार छ भन्ने अभियान चलाउन खोजिएको हो ।

‘यो अभियानलाई ७५३ पालिकामै लैजाने हाम्रो तयारी छ’ महामन्त्री पौडेलले भने,‘यसअन्तर्गत एउटा राजनीतिक अभियान हुनेछ । अर्को सामाजिक अभियानसँग जोडिने छौं ।’ जलवायु परिवर्तनको विषयलाई समेत जागरण अभियानका रुपमा जोडिन लागिएको उनले बताए ।

‘खासगरी प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउने, प्रदेश र स्थानीय तहका सरकारलाई जनमुखी कार्यक्रम गर्न लगाउने र पार्टी संगठनलाई सामाजिक अभियानसँग जोड्ने र प्राथमिकताहरू प्रष्ट गर्ने बिषयसँग अभियान जोडिएको छ,’ पौडेलले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#महाधिवेशन #कांग्रेस #अभियान
Compare →
Onlinekhabar
18h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#अभियान #चलाउने
Compare →
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#महाधिवेशन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612