Trending
Prev Story
Next Story

युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमण, १३ जनाको मृ’त्यु

Nagarik News •
October 29, 2026 • 01:16 PM
2
2 reads 0 reactions

युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको छ।

युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमण, १३ जनाको मृ’त्यु

युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

त्यहाँ रेलहरू पार्क गरिएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई ‘भयानक’ बताउँदै रुसीहरूले ‘यात्रु रेल राखिएको’ प्लेटफर्ममा आक्रमण गरेको बताए।

‘दुर्भाग्यवश, अहिलेसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ,’ उनले युक्रेनी उद्धार सेवाका तस्बिरहरू पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।

तस्बिरमा प्लेटफर्ममा ठूलो खाडल परेको देखिन्छ, नजिकै जलेको रेल छ जहाँ छरपष्ट अवस्थामा मृत शरिरहरू छन्।

रेलका झ्यालहरू फुटेका छन्। युक्रेनी राष्ट्रिय प्रहरीले यो आक्रमणमा कम्तीमा १० जना घाइते भएको बताएको छ।

युक्रेनी रेलवेले जेट–सञ्चालित रुसी ड्रोनले निप्रो रेल स्टेसनको प्लेटफर्ममा प्रहार गरेको बतायो, ‘जहाँ त्यस बेला ट्रेन नम्बर ८६६ निप्रो–जापोरिज्झिया थियो।’ रेल कम्पनीका प्रमुख ओलेक्सान्द्रे पत्र्सोभ्स्कीका अनुसार यो ‘भयानक’ आक्रमण थियो।

‘प्लेटफर्ममा दुर्घटनापछि पनि ठूलो सङ्ख्यामा मानिसहरू थिए,’ उनले फेसबुकमा लेखेका छन्।

रुसले सन् २०२२ को आक्रमणको पहिलो दिनदेखि नै युक्रेनभरका रेलहरूमा ड्रोन प्रहार गर्दै आएको छ। सयौँ ठूला सवारी साधन नष्ट गरेको छ र धेरै रेलकर्मीहरूको ज्यान लिएको छ।

‘सेप्टेम्बरमा मात्रै रुसी ड्रोन आक्रमणको खतराका कारण पाँच हजार ८०० भन्दा बढी यात्रुहरूलाई रेलबाट खाली गराइएको थियो,’ युक्रेनी राष्ट्रिय रेल सञ्चालक निकायले भनेको छ।

जेलेन्स्कीले यो आक्रमणले ‘अमेरिका र युरोपबाट रुसी वृद्धिविरुद्ध निष्पक्ष र निर्णायक कदम आवश्यक छ’ भन्ने देखाएको बताए।

उनले यस महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको सम्झौताको कडा आलोचना गरेका थिए।

सहमतिले रुसमाथि केही प्रतिबन्ध खुकुलो पारेर मस्कोलाई विश्व बजारमा डिजेल बिक्री गर्न अनुमति दिएको छ।

‘केही रुसी धनाड्य र ऊर्जा क्षेत्रमाथि प्रतिबन्ध हटाइएपछि यसले तनाव घटाउनुको सट्टा रुसले हाम्रा जनताविरुद्ध कति यस्ता आतङ्कवादी आक्रमण गरेको छ?’ उनले भने।

‘यो रुसी युद्ध जारी रहेसम्म मस्को र यसको युद्ध संरचनाविरुद्धका प्रतिबन्ध कमजोर पारिनु हुँदैन,’ उनले भने।

‘युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र जी७ बाट अझ बलियो प्रतिबन्धका कदम लिनुपर्छ,’ उनले भने।

चेर्निहिभमा दुई किशोरीसहित युक्रेनका अन्य ठाउँमा भएका रुसी आक्रमणमा कम्तीमा थप पाँच जनाको मृत्यु भएको छ।एएफपी

प्रकाशित: १२ कार्तिक २०८३ १९:०१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

काठमाडौं । फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको विस्तृत विवरण भने सार्वजनिक नभएको बीबीसील...

#रुसी #युक्रेन #क्रमण
Compare →
Arthasansar
4h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#युक्रेन
Compare →
Bizshala
21h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →
Onlinekhabar
17h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जनाको #त्यु
Compare →
Ekantipur
1d ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#जनाको #त्यु
Compare →

Related Stories

World News
Build #2612