Trending
Prev Story
Next Story

इनमसँग एकपछि अर्को हाईप्रोफाइल कनेक्सन खुल्दै, अनुसन्धानका लागि छुट्टै समिति

Bizshala •
October 29, 2026 • 01:34 PM
2
2 reads 0 reactions

काठमाण्डौ । विवादित छविका इनम सापकोटासँग विभिन्न उच्चपदस्थ व्यक्ति तथा प्रभावशाली समूहको सम्पर्क देखिएको भन्दै...

इनमसँग एकपछि अर्को हाईप्रोफाइल कनेक्सन खुल्दै, अनुसन्धानका लागि छुट्टै समिति

काठमाण्डौ । विवादित छविका इनम सापकोटासँग विभिन्न उच्चपदस्थ व्यक्ति तथा प्रभावशाली समूहको सम्पर्क देखिएको भन्दै प्रहरीले उनको अनुसन्धानका लागि छुट्टै समिति गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक नरहरी रेग्मीको नेतृत्वमा समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार उक्त टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि भइरहेको अनुसन्धानलाई थप गहिराइमा लैजान सहयोग गरिरहेको छ। परिसरको अनुसन्धान टोलीलाई समेत आवश्यक निर्देशन र समन्वय गर्ने गरी समिति परिचालन गरिएको बताइएको छ।

सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्कमा रहेको तथा अदालतमा प्रभाव पार्ने प्रयास गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा आएका थिए।

अनुसन्धानका क्रममा उनको मोबाइल फोनको फरेन्सिक परीक्षण गर्दा विभिन्न उच्चपदस्थ व्यक्तिसँगको सम्पर्क र सन्देश भेटिएको प्रहरी स्रोतको दाबी छ।

स्रोतका अनुसार हालसम्म न्याय क्षेत्रका उच्च अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारी, व्यवसायी, कर्मचारी र केही सांसदसम्मसँग उनको सम्पर्क देखिएको छ। यद्यपि यस्ता सम्पर्क देखिनु मात्रैले कुनै व्यक्तिको आपराधिक संलग्नता पुष्टि नहुने भएकाले प्रहरीले सम्बन्धित सन्देश र सम्पर्कको प्रकृति छुट्टै रूपमा केलाइरहेको बताइएको छ।

सापकोटा दिल्ली जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सुरुमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो। अहिले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीको ध्यान अहिले सापकोटाको आर्थिक कारोबार, सम्पर्क सञ्जाल, मोबाइलमा भेटिएका सन्देश र सम्भावित प्रभाव प्रयोगका घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने विषयमा केन्द्रित रहेको छ।

फरेन्सिक परीक्षणबाट नयाँ सम्पर्क र विवरण खुल्दै गएपछि अनुसन्धानको दायरा पनि फराकिलो बनाइएको प्रहरी स्रोतले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा...

#इनम #सापकोटा
Compare →

Related Stories

National (Nepal)
Build #2612