Trending
Prev Story
Next Story

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू …

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् ।

तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।

नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन् ।

जनता र पार्टीलाई जोड्नका लागी मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् ।

छिट्टै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे ।

प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यस्तै, उनले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए । नेता/कार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

सोधेको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित पार्टीको समानान्तर अधिवेशनलाई सम्बोधन गरी बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भन...

#गगन-थापा #कांग्रेस
Compare →
Nagarik News
20h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612